• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • दोधारा चाँदनी (कञ्चनपुर) । सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा पूरा भएपछि खाद्यले किसानको धान खरिद गर्न बन्द गरेपछि समस्यामा परेका हुन् ।

    Advertisement

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका हेमराज खड्काले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा तीन पटक धाए पनि बिक्री गर्न नसकेको बताउनुभयो । ‘सुरुमा मङ्सिर ३ गतेसम्मको टोकन बाडिसक्यो पछि आउनु भनियो । आज खाद्यले खरिद कोटा पूरा भइसक्यो भनेर टोकन दिइएन’, उहाँले भन्नुभयो, “खाद्यमा बिक्री गर्न पाए राम्रो मूल्य पाइन्छ, बाहिर व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।”

    उहाँजस्तै धान बिक्रीका लागि टोकन माग्दै किसानहरू दिनहुँ खाद्य कम्पनीको कार्यालयमा पुगिरहेका छन् । ‘खाद्यले धान खरिद नगर्ने बाहिर व्यापारीले किसानलाई मूल्य नदिने, हामी जहिल्यै मार्कामा पर्छौँ’, किसान विष्णु पन्तले भन्नुभयो, ‘धान बिक्री गर्न नपाउँदा घरमा भण्डार गरेर राख्नसमेत समस्या भएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजसम्म (मङ्सिर ३ गते) का लागि एक साताअघि नै टोकन वितरण गरिसकिएको जनाएको छ ।

    कम्पनीका प्रमुख महिकिरण महराले पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएकाले सोभन्दा बढी खरिद गर्न नसकिएको बताउनुभयो । “विगतका वर्षहरूमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा थियो, कम किसान आए”, उहाँले भन्नुभयो, “यस पटक कोटा कम छ । कोटा नबढेसम्म धान खरिद गर्न सकिँदैन ।”

    उहाँका अनुसार हालसम्म २१४ किसानले धान बिक्रीका लागि नाम टिपाएका छन् । ‘गत वर्ष कोटाअनुसार धान खरिद नभएपछि हामीले बाहिरबाट चामल खरिद गर्नुपर्याे, उक्त चामल महँगो भएकाले अहिलेसम्म बिक्री हुन सकेको छैन’, प्रमुख महराले भन्नुभयो ।

    खाद्यले बजारको तुलनामा राम्रो मूल्य दिइरहेकाले किसानहरू यहाँ धान बिक्री गर्न आकर्षित भएका हुन् । अहिले बजारमा व्यापारीले प्रतिक्विन्टल रु दुई हजार ४००–दुई हजार ५०० सम्ममा धान खरिद गरिरहेका छन् । खाद्यले प्रतिक्विन्टल मोटो रु तीन हजार ४६३ र मध्यम रु तीन हजार ६८८ मा खरिद गरिरहेको छ ।

    गत वर्ष खाद्यले महेन्द्रनगरमा १५ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । त्यतिबेला रु तीन हजार ३०० क्विन्टल मात्रै खरिद भएकाले यसपटक कोटा घटाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.