• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि


  •   आइतबार, असार २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । सातौं संघनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

    Advertisement

    स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक संघ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उहाँका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गर्नुभएको भिक्षु निग्रोधले जानकारी दिनुभयो । अग्नि संस्कारअघि उहाँको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओडाउनुभएको थियो ।

    सो अवसरमा नेपाली सेनाको एक टुकडीले स्व भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरुप सलामी अर्पण गरेको थियो । उहाँको अन्त्येष्टिमा सांसदहरु सुजिता शाक्य, बीना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायत सहभागी हुनुहुन्थ्यो ।

    यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो । शङ्खमूल घाटमा बौद्ध पाठ गरिएको थियो । उहाँको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो । मिर्गौला रोगबाट पीडित उहाँ नियमित डायलासिस गराउँदै आउनुभएको थियो । भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जलि दिन तीन दिनसम्म उहाँको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो ।

    भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेख्नुभएको छ । उहाँ धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहनुभएको थियो । उहाँले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गर्नुभएको थियो । भिक्षु अग्गमहापण्डित थेरवाद बुद्ध धर्मको सातौँ सङ्घनायकसमेत हुनुहुन्थ्यो । बुद्धधर्मसम्बन्धी दर्जनौँ ग्रन्थ उहाँले नेपाली भाषा, नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ ।

    भिक्षु ज्ञानपूर्णिकको जन्म १९९६ साल मङ्सिर ६ गते पाल्पाको तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराका रुपमा भएको थियो । भिक्षु हुनुभन्दाअघि उहाँको नाम हिरालाल शाक्य थियो । उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको थेरवादी बौद्ध एकेडेमीको संरक्षक र संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । (रासस)

    आइतबार, असार २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.