• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोलम्बियामा विद्रोही विरुद्धको हवाई आक्रमणमा सात नाबालिगको मृत्यु


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • बोगोटा । राष्ट्रपति गुस्ताभो पेट्रोको प्रशासनले ग्वाभियरे प्रान्तमा विद्रोही समूहसँग खोसिएको क्षेत्र पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा यस हप्ताको सुरुमा भएको विवादास्पद हवाई आक्रमणमा सात नाबालिगको मृत्यु भएको कोलम्बियाका मानव अधिकार लोकपाल आइरिस मारिनले शनिबार बताउनुभएको छ ।

    Advertisement

    एक सार्वजनिक बयानमार्फत मारिनले फार्क–इएमसी विद्रोही समूहका लडाकूहरूले नाबालिगहरूलाई जबरजस्ती भर्ती गरी ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभयो । उहाँले कोलम्बिया सरकार तथा सबै विद्रोही समूहहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गर्दै हवाई आक्रमणमा मारिएका नाबालिगहरूको प्रारम्भिक सङ्ख्या छ रहेको भए पनि फरेन्सिक मेडिसिन इन्स्टिच्युटको अद्यावधिक विवरणपछि मृतक सङ्ख्या सात पुगेको बताउनुभयो ।

    “भर्ती गरिएका कुनै पनि बालबालिकालाई सैन्य कार्यवाहीबाट प्रभावित हुन दिनु हुँदैन”, मारिनले जोड दिंदै भन्नुभयो, “सशस्त्र बलहरूले युद्धमा सहभागी हुन बाध्य गरिएका नाबालिगहरूको सुरक्षाका लागि विशेष सावधानी अपनाउनै पर्छ ।”

    यसअघि, कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले अपराधी समूहहरूलाई नाबालिगहरूको जीवनलाई जोखिममा पारेको आरोप लगाउँदै ‘जो कोही शत्रुतामा संलग्न हुन्छ, उसले कुनै भेदभावबिना सुरक्षा गुमाउँछ” भन्ने टिप्पणी गर्नुभएको थियो ।

    कोलम्बियामा हवाई आक्रमणमा बालबालिकाको मृत्यु एक संवेदनशील मुद्दा मानिन्छ । विशेषगरी सन् २०१९ मा कक्वेटा प्रान्तमा आठ बालबालिकाको मृत्यु लुकाइएको फेला परेपछि तत्कालीन रक्षामन्त्रीले राजीनामा दिनु परेको प्रसङ्ग अझै ताजा छ ।

    कोलम्बियाली सेनाको अनुसार ग्वाभियरेमा मङ्गलबार गरिएको हवाई आक्रमणमा छ नाबालिगसहित कम्तीमा १९ जना लडाकू मारिएका छन् ।

    राष्ट्रपति पेट्रोले शनिबार एक सार्वजनिक सन्देशमा हवाई आक्रमणको आदेश दिनुको कारण स्पष्ट पार्दै विद्रोही टोली कोलम्बियाली सेनाको सानो समूहमाथि हमला गर्न नजिकिँदै थियो भन्ने जानकारी आफूलाई प्राप्त भएकाले निर्णय लिन बाध्य भएको बताउनुभयो । उहाँले लेख्नुभयो, “कुनै पनि व्यक्तिको मृत्यु दुःखद छ, विशेषगरी नाबालिगको । तर मैले सैनिकहरूको जीवन बचाउन जोखिम लिएँ ।”

    राष्ट्रपति पेट्रोले पदभार ग्रहणपछि नाबालिगहरू मारिने जोखिम कम गर्न हवाई आक्रमणहरू स्थगन गर्नुभएको थियो । उहाँले विगतका सरकारहरूलाई नाबालिगको मृत्यु हुने किसिमका हवाई आक्रमणलाई ‘युद्ध अपराध’ का रूपमा वर्णन गर्दै आलोचना गर्दै आउनुभएको छ । तथापि, फार्कले सन् २०१६ को शान्ति सम्झौतापछि छोडिएका क्षेत्रमा अन्य सशस्त्र समूहहरूको सक्रिय विस्तार रोक्नुपर्ने आवश्यकता देखिएपछि विगत वर्षदेखि पुनः हवाई आक्रमण सुरु गरिएको थियो ।

    पेट्रो क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चलाएको आक्रमणका कडा आलोचक मानिनुहुन्छ, जसलाई उहाँले ‘गैरन्यायिक मृत्युदण्ड’ को नाम दिनुभएको छ ।

    तर विद्रोही समूहहरू विरुद्ध आफ्नो सरकारले गरिरहेको हवाई कार्यवाही भिन्न रहेको स्पष्ट पार्दै उहाँले शुक्रबार लेख्नुभयो, “कोलम्बियाली सेनाको बमबारीमा परेकाहरू हतियारबन्द छन्, विस्फोटक बोकेका छन् र आफूलाई सशस्त्र सदस्यका रूपमा घोषणा गरिसकेका हुन्छन् । उनीहरूले आफ्नै हतियारबाट सेना तथा सर्वसाधारणलाई क्षति पुर्‍याउने प्रयत्न गरिरहेका छन् ।”

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.