• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

कोलम्बियामा विद्रोही विरुद्धको हवाई आक्रमणमा सात नाबालिगको मृत्यु


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • बोगोटा । राष्ट्रपति गुस्ताभो पेट्रोको प्रशासनले ग्वाभियरे प्रान्तमा विद्रोही समूहसँग खोसिएको क्षेत्र पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा यस हप्ताको सुरुमा भएको विवादास्पद हवाई आक्रमणमा सात नाबालिगको मृत्यु भएको कोलम्बियाका मानव अधिकार लोकपाल आइरिस मारिनले शनिबार बताउनुभएको छ ।

    Advertisement

    एक सार्वजनिक बयानमार्फत मारिनले फार्क–इएमसी विद्रोही समूहका लडाकूहरूले नाबालिगहरूलाई जबरजस्ती भर्ती गरी ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभयो । उहाँले कोलम्बिया सरकार तथा सबै विद्रोही समूहहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गर्दै हवाई आक्रमणमा मारिएका नाबालिगहरूको प्रारम्भिक सङ्ख्या छ रहेको भए पनि फरेन्सिक मेडिसिन इन्स्टिच्युटको अद्यावधिक विवरणपछि मृतक सङ्ख्या सात पुगेको बताउनुभयो ।

    “भर्ती गरिएका कुनै पनि बालबालिकालाई सैन्य कार्यवाहीबाट प्रभावित हुन दिनु हुँदैन”, मारिनले जोड दिंदै भन्नुभयो, “सशस्त्र बलहरूले युद्धमा सहभागी हुन बाध्य गरिएका नाबालिगहरूको सुरक्षाका लागि विशेष सावधानी अपनाउनै पर्छ ।”

    यसअघि, कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले अपराधी समूहहरूलाई नाबालिगहरूको जीवनलाई जोखिममा पारेको आरोप लगाउँदै ‘जो कोही शत्रुतामा संलग्न हुन्छ, उसले कुनै भेदभावबिना सुरक्षा गुमाउँछ” भन्ने टिप्पणी गर्नुभएको थियो ।

    कोलम्बियामा हवाई आक्रमणमा बालबालिकाको मृत्यु एक संवेदनशील मुद्दा मानिन्छ । विशेषगरी सन् २०१९ मा कक्वेटा प्रान्तमा आठ बालबालिकाको मृत्यु लुकाइएको फेला परेपछि तत्कालीन रक्षामन्त्रीले राजीनामा दिनु परेको प्रसङ्ग अझै ताजा छ ।

    कोलम्बियाली सेनाको अनुसार ग्वाभियरेमा मङ्गलबार गरिएको हवाई आक्रमणमा छ नाबालिगसहित कम्तीमा १९ जना लडाकू मारिएका छन् ।

    राष्ट्रपति पेट्रोले शनिबार एक सार्वजनिक सन्देशमा हवाई आक्रमणको आदेश दिनुको कारण स्पष्ट पार्दै विद्रोही टोली कोलम्बियाली सेनाको सानो समूहमाथि हमला गर्न नजिकिँदै थियो भन्ने जानकारी आफूलाई प्राप्त भएकाले निर्णय लिन बाध्य भएको बताउनुभयो । उहाँले लेख्नुभयो, “कुनै पनि व्यक्तिको मृत्यु दुःखद छ, विशेषगरी नाबालिगको । तर मैले सैनिकहरूको जीवन बचाउन जोखिम लिएँ ।”

    राष्ट्रपति पेट्रोले पदभार ग्रहणपछि नाबालिगहरू मारिने जोखिम कम गर्न हवाई आक्रमणहरू स्थगन गर्नुभएको थियो । उहाँले विगतका सरकारहरूलाई नाबालिगको मृत्यु हुने किसिमका हवाई आक्रमणलाई ‘युद्ध अपराध’ का रूपमा वर्णन गर्दै आलोचना गर्दै आउनुभएको छ । तथापि, फार्कले सन् २०१६ को शान्ति सम्झौतापछि छोडिएका क्षेत्रमा अन्य सशस्त्र समूहहरूको सक्रिय विस्तार रोक्नुपर्ने आवश्यकता देखिएपछि विगत वर्षदेखि पुनः हवाई आक्रमण सुरु गरिएको थियो ।

    पेट्रो क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चलाएको आक्रमणका कडा आलोचक मानिनुहुन्छ, जसलाई उहाँले ‘गैरन्यायिक मृत्युदण्ड’ को नाम दिनुभएको छ ।

    तर विद्रोही समूहहरू विरुद्ध आफ्नो सरकारले गरिरहेको हवाई कार्यवाही भिन्न रहेको स्पष्ट पार्दै उहाँले शुक्रबार लेख्नुभयो, “कोलम्बियाली सेनाको बमबारीमा परेकाहरू हतियारबन्द छन्, विस्फोटक बोकेका छन् र आफूलाई सशस्त्र सदस्यका रूपमा घोषणा गरिसकेका हुन्छन् । उनीहरूले आफ्नै हतियारबाट सेना तथा सर्वसाधारणलाई क्षति पुर्‍याउने प्रयत्न गरिरहेका छन् ।”

    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर
    बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित
    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • २.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ३.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ४.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      कवि

    • ७.
      गजल

    • ८.
      लागुऔषधसहित १३ जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.