काठमाडौं । कोरोना भाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउ नुभयो । उहाँले कोरोनाका कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरि बाच्न पाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो । उहाँले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ति समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चारगृहमागई अनुगमनगरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताउनुभयो ।
यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुदैमा जनता सूचनाको हकबाट बञ्चित नहुने बताउनुभयो । उहाँले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट श्रमजीवि पत्रकारको अधिकार स्थापीत हुदै भने महासंघ टुलु टुलु हेरेर नबस्ने बताउनुभयो ।
महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो । कार्यक्रममा पत्रकारका विभिन्न संघसंगठनहरुले एक्यवद्धता जाहेर गरेका थिए ।