काठमाडौं । कैलालीको वन डिभिजन कार्यालय, अत्तरियामा कार्यरत वन अधिकृत राम नारायण यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ चटकपुरका ६० वर्षीया यादव विरुद्ध धनगढीकै एक युवतीमाथि जवर्जस्ती करणी गरेको आरोप लागेको छ ।
Advertisement
उनलाई प्रहरीले गत जेठ ५ गते पक्राउ गरी सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । रक्तचाप र मधुमेहका बिरामी यादवलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने भन्दै छोरा रबिन्द्रले जिम्मामा लिएका थिए ।
त्यहाँबाट बाबुछोरा नै सम्पर्कविहीन भएका यादवलाई खोजतलासका क्रममा शुक्रबार काठमाडौंको पेप्सीकोला स्थित टाउन प्लानिङ्गबाट प्रहरीले पक्राउ गरेको हो । यादवलाई आवश्यक कार्वाहीका लागि आजै कैलाली पठाइएको प्रहरीले जनाएको छ ।