• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

संविधान र गणतन्त्रको रक्षा तात्कालिक राजनीतिको प्रधान विषय : शर्मा


  •   शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले संविधान र गणतन्त्रको रक्षा नेपाली तात्कालिक राजनीतिको प्रधान विषय भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजले २०८२ कात्तिक २१ गते शुक्रबार अबेर रातिसम्म आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘नेकपा (मसाल) को नीति स्पष्ट छ’ उहाँले भन्नुभयो– ‘जे जे गर्दा संविधान र गणतन्त्रको रक्षा हुन्छ, मसालले त्यही त्यही काम गर्नेछ ।’

    वर्तमान संविधानसित आफूहरूको मौलिक विरोध रहेको स्पष्ट पार्दै निरङ्कुश राजतन्त्रको अन्त गरेर गणतन्त्रको स्थापना वर्तमान संविधानको मूल सारतत्त्व भएको उहाँको दाबी थियो ।

    उहाँले भन्नुभयो– ‘२०६२–६३ सालको जनआन्दोलनको उपलब्धि समाप्त पार्ने कार्यका विरुद्ध हामीले सङ्घर्ष गर्नेछौँ ।’

    यतिखेर देशमा असंवैधानिक सरकार रहेको बताउँदै उहाँले संसद् पुनस्थापना वा चुनाव नभए देश भयङ्कर अप्ठ्यारो परिस्थितितर्फ जाने आशङ्का व्यक्त गर्नुभयो ।

    ‘फागुन २१ गते निस्पक्ष चुनाव भएन भने वा संसद् पुन:स्थापना भएन भने देश भयङ्कर अप्ठ्यारो परिस्थितितर्फ जानेछ’ उहाँले भन्नुभयो– ‘हामीले संसद् पुन:स्थापनाको पक्षमा आन्दोलन गर्ने छैनौँ तर संसद् पुनस्थापना भए त्यसलाई स्वागत गर्नेछौँ ।’

    उहाँका अनुसार संसद् पुन:स्थापना भएमा वा फागुन २१ गते निस्पक्ष चुनाव भएका—यी दुवै परिस्थितिमा संविधान र गणतन्त्र कायम रहनेछ ।
    राष्ट्रिय जनमोर्चाले फागुन २१ गते चुनाव हुन्छ भन्ने ठानेर चुनावको तयारी गर्ने निर्णय गरेको र सँगसँगै चुनाव हुने ग्यारेन्टी पनि नभएकाले चैतसम्मका कुनै पनि कार्यक्रम स्थगन नगरेको जानकारी उहाँले गराउनुभयो ।

    जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै उहाँले देशभित्र कुशासन भएका कारणले त्यसको विस्फोट जेनजीको रूपमा भएको स्पष्ट पार्नुभयो ।

    कुनै समय जर्मनीमा चरम जनअसन्तोष व्याप्त भएका बेला त्यसको माझबाट हिटलरको फाशिष्ट शासनको उदय भएको तथा युक्रेनमा त्यहाँको जनअसन्तोषको फाइदा उठाउँदै साम्राज्यवादले जेलेन्स्कीको उदय गराएको उदाहरण नेता शर्माले दिनुभयो ।

    जेनजी आन्दोलन मुख्यत: अमेरिकी साम्राज्यवादको योजनामा सञ्चालन भएको उहाँको ठम्याइ थियो ।

    ‘जेनजी आन्दोलनमा धेरैजसो अमेरिकी साम्राज्यवादको घुसपैठ थियो भन्न सकिन्छ’ उहाँले भन्नुभयो– ‘तर अझैसम्म भारतीय साम्राज्यवादको स्पष्ट भूमिका जेनजी आन्दोलनमा देखिएको छैन ।’

    उहाँले जेनजी आन्दोलनमा धेरै कुरा स्पष्ट हुन अझै बाँकी रहे पनि ओली शासनको कुशासनको विरुद्ध जनअसन्तोषको रूपमा यो आन्दोलन विष्फोट भएकोमा विवाद नभएको उहाँको भनाइ थियो ।

    अमेरिकाले आफ्नो हिन्दप्रसान्त रणनीति (आइपिएस) अन्तर्गत चीन घेर्ने रणनीति अगाडि सारेको उहाँले बताउनुभयो ।

    ‘नेपालमा मुख्य राजनीतिक दलहरू अमेरिकापरस्त त छन्’ उहाँले भन्नुभयो– ‘तर अमेरिकालाई नेपालमा यस्तो सरकार चाहिएको छ, जसले अमेरिकी स्वार्थअनुसार चीन वा भारतको विरुद्ध जान सकोस् ।’

    एमसिसी नेपालको संसद्बाट पारित भएको उदाहरण दिँदै उहाँले अहिलेको जेनजी आन्दोलनमा पनि अमेरिकी साम्राज्यवादको उक्त सामरिक रणनीति अभिव्यक्त भएको बताउनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पनि प्रशिक्षण दिनुभएको थियो ।

    समाजका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा सचिव तेजेन्द्र क्षेत्रीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा कार्यालय सचिव प्रकाश थापामगरले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा धनराज शर्मा, नवीन बस्याललगायतले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • २.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ३.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ४.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ५.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ६.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ७.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ८.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.