• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

अप्फाले बाँके, दाङ र नवलपुरमा किसान आन्दोलन उठाउने


  •   सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले बाँके, दाङ र नवलपुरमा किसान आन्दोलन उठाउने भएको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८२ कात्तिक १७ गते सोमबार जारी प्रेसविज्ञप्तिमार्फत सो जानकारी दिइएको हो ।

    अप्फाले सुकुम्बासी, अव्यवस्थित बसोबासी र गुठीपीडितको आन्दोलन उठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कात्तिक १४ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्न अप्फाले विज्ञप्ति जारी गरेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

    विज्ञप्तिमा अविरल वर्षाबाट पीडित धानकिसानलाई क्षतिपूर्ति दिनुपर्ने तथा धानको समर्थन मूल्य वृद्धि गर्नुपर्ने साथै दुधको बक्यौता रकम उपलब्ध गराउन माग गरिएको छ ।

    त्यस्तै जेनजी आन्दोलनबाट किसान समुदाय पनि प्रभावित भएको बताउँदै सो आन्दोलनमा भएको तोडफोड, विध्वंसको भत्र्सना गरेको छ ।

    सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक बताउँदै विज्ञप्तिमा प्रतिनिधिसभा पुनस्र्थापना भए स्वागत गर्ने, यदि चुनाव भए प्रतिगमन विरुद्ध सङ्घर्षको रूपमा त्यसमा भाग लिनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय समितिको बैठक रुपन्देहीको बुटवलमा २०८२ कात्तिक १४ गते सम्पन्न भएको छ । बैठकले समसामयिक राजनैतिक विषय र कतिपय किसानको सङ्घर्ष तथा सङ्गठनको विषयमा गरेका निर्णय सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

    १. (क) किसानको धानबाली भित्राउने बेलामा भएको अविरल वर्षाले धानको फसलमा क्षति पुर्‍याएको छ । यसले राष्ट्रिय आम्दानीमा पनि गम्भीर प्रभाव पार्ने देखिन्छ । त्यति मात्र होइन, हिउँदेबालीका लागि तोरी उत्पादनलाई पनि ठुलो असर पर्‍यो । धानबाली क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछ साथै धानबालीको समर्थन मूल्य वृद्धि गर्न पनि माग गर्दछ ।

    (ख) नेपाल सरकारले अझै पनि किसानले पाउने उखुको बाँकी रकम पाएका छैनन् । त्यसका साथसाथै दुग्ध संस्थानबाट पनि किसानले दुधको बक्यौता रकम पाएका छैनन् । ती बक्यौता रकम तुरुन्त उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछ ।

    २. सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आयोग गठन गर्नुपर्नेमा विघटन गरेर सुकुम्बासी समस्याको समाधान होइन, सरकारले नै राजनीति गरिरहेको छ । त्यसैले यो समस्यालाई समाधान गर्न सुकुम्बासी, अव्यवस्थित बसोबासी र गुठीको सङ्घर्ष उठाउने निर्णय भएको छ । त्यसको लागि बाँके, दाङ र नवलपुरमा सङ्घर्ष उठाउन आवश्यक तयारी गर्ने निर्णय भएको छ ।

    ३. देशको हरेक राजनीतिक घटनाक्रममा सबैभन्दा बढी असर किसानलाई पर्ने गरेको छ । अहिले भदौ २३ र २४ गते जेनजीको नाममा भएको घटनाक्रमले देशलाई मात्र होइन, किसानलाई पनि असर पारेको छ । त्यसमाथि विचार गर्दै व्यापक छलफल गरी निम्न निष्कर्ष निकालेको छ :

    क. भाद्र २३ गतेको जेनजीको प्रदर्शनमा भएको नृशंस नरसंहार र गोलीकाण्डको घोर भत्र्सना गर्छ । यो काण्डमा ओली सरकार जिम्मेवार भएको ठहर गरेको छ ।

    ख. जेनजीका दुई माग सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध हटाउने र भ्रष्टाचारीलाई कारबाही गर्ने मागलाई समर्थन गरेको छ ।

    ग. भदौ २४ गतेको जेनजीको नाममा भएको सिंहदरबार, सर्वाेच्च अदालत, देशका सम्पूर्ण प्रहरीचौकी जलाउने, हतियारको खोस्ने, देशैभरिका जेल तोड्ने, देशैभरिका सरकारी कार्यालय, स्थानीय र जिल्लास्तरीय कार्यालयमा आगजनी र तोडफोड गर्ने, पार्टी कार्यालय र व्यक्तिका घर तोडफोड गर्ने कार्यको घोर भत्र्सना र विरोध गर्दछ । दोषीउपर सख्त कारबाहीको माग गर्दछ ।

    घ. भदौ २३ र २४ गतेको घटनाले प्रतिगमनको खतरा उच्च रूपमा पुगेको छ । यो स्थिति कुन रूपमा अगाडि बढ्ने हो ? निश्चित छैन । यसै सिलसिलामा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्न पुगेको छ । यसले फागुन २१ गते चुनाव गराउने घोषणा गरेको छ । यो अन्तरिम सरकार संवैधानिक छैन । कतिपय प्रतिगामी शक्तिले यो संविधानलाई खारेज गरी निर्वाचित प्रधानमन्त्री, राष्ट्रपति, राजतन्त्र पुन:स्थापनाको माग गरिरहेका छन् । अहिलेको अवस्थामा संसद् पुन:स्थापनाको माग संवैधानिक हो । यस विषयमा अदालतमा मुद्दा परेको छ । अदालतको फैसला पुन:स्थापनाको पक्षमा नभए अहिलेको असंवैधानिक सरकारले गराउने चुनावमा राजनैतिक पार्टीले भाग लिने वातावरण भएमा यो चुनावमा भाग लिएर भए पनि प्रतिगमन विरुद्धको सङ्घर्षलाई अगाडि बढाउने बाटो खुल्नेछ । संसद्को पुन:स्थापना नभएमा यो चुनावलाई प्रतिगमनका विरुद्ध उपयोग गर्नुपर्ने निष्कर्षमा यो बैठक पुगेको छ ।

    ६. भदौ २४ गते आगजनी, तोडफोड, बैैङ्कको तोडफोड, जेलबे्रक कुनै राजनैतिक घटना होइनन् । जेनजीले पनि यसरी जिम्मेवारी लिएका छैनन् । यसरी ५–६ घण्टाभित्र यस प्रकारको सुनियोजित घटनामा देशका प्रतिगामी र विदेशी साम्राज्यवाद, मुख्य गरेर अमेरिकी साम्राज्यवादको हात भएको कुरा स्पष्ट हुन आएको छ । यस तोडफोड र आगजनीमा खम्पा विद्रोहको संलग्नता, सिआइएको वर्षाैंदेखिको युवा परिचालनको प्रोजेक्ट, आइनजिओ, आइएनजिओको प्रत्यक्ष संलग्नता र त्यसमा सामाजिक सञ्जालको प्रयोग वर्तमान सुशीला कार्की सरकारलाई दलाई लामाको शुभकामना सन्देशले समेत यो स्पष्ट पारेको छ । त्यसैले यस तोडफोड र आगजनीमा संलग्न प्रत्यक्ष/अप्रत्यक्ष दोषीमाथि कडा कारबाही हुनुपर्दछ ।”

    सोमबार, कार्तिक १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • २.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ३.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ४.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ५.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ६.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ७.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ८.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.