भरतपुर । चितवनमा अखिल नेपाल जनजाति सम्मेलनको सन्देशसभा सम्पन्न भएको छ ।
Advertisement
२०८२ कात्तिक १५ गते शनिबार चितवन जिल्ला समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
जितबहादुर थापाको सञ्चालन तथा लालबहादुर थापाको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना र नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले मन्तव्य राख्नुभएको थियो ।
गत असोज २६ र २७ गते चितवनमा नै सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देश प्रसारित गर्न कात्तिक महिनाभरि सन्देशसभा आयोजन गरेको जनजाति सम्मेलनको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।