शंकर प्रसाद पोख्रेल ##
Advertisement
रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले स्मृतिशेष टान बहादुर केसीको निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
अध्यक्ष केसीले स्मृतिशेष टान बहादुर केसीको तस्वीरमा पुष्प अर्पण गर्दै पार्टी तथा आन्दोलनका क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्नुभएको थियो ।
यस दुखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै अध्यक्ष केसीले स्मृतिशेष टान बहादुरको सोच र जनताप्रति समर्पित सेवाभावलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
टान बहादुरको भाइटिकाको दिन असामयिक निधन भएको थियो । उहाँ राष्ट्रिय जनमोर्चाका प्रतिष्ठित नेता तथा जनतासँग जोडिएको नामका रुपमा परिचित रहनुभएको छ ।