काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार, बब्लु गुप्ता समावेश गर्ने तय भएको समाचार बाहिर आएको छ ।
Advertisement
समाचार अनुसार डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ भूमिसुधार मन्त्रालय मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्।
चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने पनि प्राप्त समाचारमा उल्लेख छ ।