काठमाडौँ । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
२०८२ कात्तिक ८ गते शनिबार माइतीघरमा प्रदर्शन पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आएका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका थिए ।
प्रहरीका अनुसार अनुमति नलिई नै प्रदर्शनमा आउनेलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले प्रशासनको अनुमतिविना कार्यक्रम गर्न नदिने भनिए पनि माइतीघरमा उपस्थित भएर प्रदर्शन गर्न खोजेपछि सोधपुछको लागि नियन्त्रणमा लिएको बताएको छ ।
एउटा समूह पहिलेदेखि नै त्यहाँ प्रदर्शनमा बसेकाले मनमुटाव हुने अवस्थासमेत बनेको भन्दै प्रहरीले त्यहाँ प्रदर्शन गर्नमा रोक लगाएको हो ।