• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • जेनेभा । हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ।

    Advertisement

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भन्नुभयो, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन। स्थिति अझै भयावह छ।”

    “अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच अक्टोबर १० देखि युद्धविराम लागू भएपनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकि त्यहाँ पर्याप्त खाना छैन,” उहाँले भन्नुभयो।

    इजरायलले युद्धको क्रममा गाजा पट्टीलाई दिने सहायता बारम्बार बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो। संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।

    सन् २०२५ को सुरुदेखि गाजामा कुपोषणको प्रभावबाट ४११ जनाको मृत्यु भएको र यसमध्ये १०९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले पत्रकारहरूसँग भन्नुभयो ।

    “यी सबै मृत्युहरू रोक्न सकिने थिए,” डब्ल्यूएचओको मानवीय र विपद् कार्यका लागि एकाइ प्रमुख टेरेसा जकारियाले भन्नुभयो ।

    “गाजामा छ लाखभन्दा बढी मानिसहरूले हाल ‘खाद्य असुरक्षाको विनाशकारी स्तर’ को सामना गरिरहेका छन्,” उहाँले भन्नुभयो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताले प्रति दिन ६०० ट्रकहरू खाद्यान्नलगायत अति आवश्यकीय सामग्री लिएर प्रवेश गर्ने प्रावधान गरेको भएपनि अहिले पनि दैनिक २०० देखि ३०० ट्रकहरू मात्र प्रवेश गरिरहेका छन्।

    “व्यावसायिक ट्रकहरूको ठूलो सङ्ख्या गाजामा भित्रिएको छ तर यस क्षेत्रका धेरै मानिसहरूसँग सामान किन्न कुनै स्रोत छैन,” उहाँले भन्नुभयो ।

    “यसले लाभार्थीको आकार घटाउँछ,” उहाँले भन्नुभयो।

    – पन्ध्र हजार व्यक्ति उपचारको पर्खाइमा–

    डब्ल्यूएचओ प्रमुखले उल्लङ्घनका बाबजुद युद्धविराम कायम रहेको तथ्यको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “सङ्कटको निधान धेरै टाढा छ र आवश्यकताहरू अझै धेरै छन्।”

    “सहायताको प्रवाह बढेको छ यद्यपि यो अझै पनि आवश्यकताको एक अंश मात्र हो,” उहाँले थप्नुभयो।

    हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै विश्व स्वास्थ्य सङ्गठनका स्वास्थ्य आपतकालीन घटना व्यवस्थापक नबिल तब्बालले युद्धविरामपछि ८९ जनाको मृत्यु भएको र ३१७ जना घाइते भएको जानकारी दिनुभयो ।

    सन् २०२३ को अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि प्यालेस्टाइन क्षेत्रमा इजरायलको दुई वर्षे युद्धको क्रममा गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ।

    टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीको पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर खर्च हुने चेतावनी दिनुभएको छ।

    टेड्रोसले भन्नुभयो, “गाजामा पूर्ण रूपमा काम गर्ने अस्पतालहरू छैनन् । गाजामा भएका ३६ मध्ये १४ वटा अस्पतालबाट पूर्ण क्षमतामा नभएपनि उपचार कार्य भइरहेको छ। त्यहाँ अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव छ।”

    डक्ल्युएचओका अनुसार गाजामा एक लाख ७० हजारभन्दा बढी मानिसहरू घाइते भएका छन् भने योमध्ये पाँचहजार भन्दा बढी अङ्गभङ्ग भएका र तीन हजार ६०० मानिसहरू गम्भीर रूपमा जलेको अवस्थामा छन्।

    उहाँले भन्नुभयो, “युद्धविराम लागू भएदेखि नै डब्लुएचओले थप स्वास्थ्य सामग्री अस्पतालहरूमा पठाउँदै आएको छ, थप आपतकालीन मेडिकल टोली तैनाथ गरिरहेको छ र स्वास्थ्य उद्धार बढाउन प्रयास गरिरहेको छ।”

    विश्व स्वास्थ्य सङ्गठनले बुधबार ४१ बिरामी र १४५ साथीलाई उद्धार गर्न सहजीकरण गरेको थियो ।

    उहाँले भन्नुभयो, “गाजा बाहिर लगेर उपचारको आवश्यकता भएका अझै पनि १५ हजार बिरामीहरू छन् र तीमध्ये चार हजार विरामी बालबालिका रहेका छन् ।”

    टेड्रोसले गाजाबाट विशेष हेरचाहका लागि बिरामीहरू लैजान थप देशहरूलाई आग्रह गर्नुभयो । उहाँले इजरायललाई ‘इजिप्टमा थप बिरामीहरूको उपचार गर्न अनुमति दिन र सहायताको मात्रा बढाउन सक्षम बनाउन सबै सीमा नाकाहरू खोल्न अनुमति दिन आग्रह गर्नुभयोे।

    “विशेष गरी केही बिरामीहरूको लागि चिकित्सा सामग्रीको निकासीमा ढिलाइ हुनुले उनीहरूले उपचारको प्रतीक्षा गर्दा गर्दै मृत्यु हुन सक्ने अवस्था आउन सक्छ,” उहाँले चेतावनी दिनुभयो ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.