• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मदुरोको अमेरिकालाई आग्रह – ‘कृपया, पागल युद्ध नगर्नुहोस् !


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • काराकास । वासिङ्टन र काराकासबीचको बढ्दो तनावका बीच भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बिहीबार अमेरिकालाई सम्बोधन गर्दै अङ्ग्रेजी भाषामा एक निवेदन जारी गर्नुभएको छ — “कृपया, पागल युद्ध नगर्नुहोस् !”

    Advertisement

    राष्ट्रपति मदुरोको यस टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्रविरुद्ध गोप्य कारबाहीको अनुमति दिएको खुलासा भएको केही दिनमै आएको हो । अमेरिकाले हालै क्यारिबियन र प्रशान्त क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण गर्ने नाममा आफ्नो सैन्य उपस्थितिमा तीव्रता ल्याएको छ ।

    मदुरोले वामपन्थी नेताहरू र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँगको बैठकमा भन्नुभयो, “हो, शान्ति — सधैँ शान्ति । पागल युद्ध नगर्नुहोस्, कृपया !”

    संयुक्त राज्य अमेरिकाले लागु पदार्थ नियन्त्रण अभियानका लागि स्टिल्थ युद्धक विमान र नौसेना जहाजहरू तैनाथ गरेको जनाएको छ ।

    तथापि, अमेरिकी अधिकारीहरूले हालसम्म ती कारबाहीहरू लागु पदार्थ तस्करी विरुद्धकै थिए भन्ने ठोस प्रमाण सार्वजनिक गर्न सकेका छैनन् । एएफपीका अनुसार सेप्टेम्बर २ देखि सुरु भएको अमेरिकी आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

    भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकामाथि आफ्नो शासन परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, सिआइए भेनेजुएलामा उपस्थित छ । उनीहरूले गोप्य अपरेसनहरूमा संलग्न एकाइहरू पठाएका छन्, तर उनीहरूको कुनै पनि प्रयास असफल हुनेछ ।”

    भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले पनि क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य तैनाथीको प्रतिक्रियामा आफ्नो तटमा आयोजित सैन्य अभ्यासको निरीक्षण गर्दै ती कारबाहीलाई ‘उत्तेजनात्मक कदम’ भएको टिप्पणी गर्नुभयो ।

    यसैबीच, त्रिनिडाड एन्ड टोबागोको सरकारले एक अमेरिकी युद्धपोत अक्टोबर २६ देखि ३० सम्म यसको राजधानीमा डक हुने घोषणा गरेको छ । त्यहाँ अमेरिकी मरीन टोलीले त्रिनिडाडका सैनिकहरूसँग संयुक्त अभ्यास गर्नेछ । अमेरिकी आक्रमणमा मारिएका दुई जना त्रिनिडाड एन्ड टोबागोका नागरिक भएको पनि पुष्टि गरिएको छ ।

    गत हप्ता राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध सिआइएलाई गोप्य कारबाहीको अनुमति दिएको र भूमिगत लागु औषध गिरोहहरू विरुद्ध आक्रमण गर्ने विचार गरिरहेको बताउनुभएको थियो । उहाँले मदुरोलाई ‘लागुऔषध गिरोहको नेतृत्वकर्ता’ भनेर आरोप लगाउनुभएको थियो । उक्त आरोपलाई मदुरोले पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ ।

    विशेषज्ञहरूले भने अन्तर्राष्ट्रिय पानीमा प्रमाणबिना घातक बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानूनविपरीत हुने चेतावनी दिएका छन् । तिनीहरूको भनाइमा, यस्तो कदमले क्षेत्रीय स्थायित्व र शान्तिमा थप अस्थिरता निम्त्याउन सक्छ ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.