• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै व्यापार वार्ता तुरुन्तै समाप्त गर्ने घोषणा गर्नुभएको छ ।

    Advertisement

    उहाँले क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नाम र वक्तव्यको दुरुपयोग गर्दै करविरुद्धको विज्ञापनमा गलत उद्धरण प्रस्तुत गरेको आरोप लगाउनुभयो ।

    “उनीहरूको गम्भीर र अनुचित व्यवहारका कारण क्यानाडासँगका सबै व्यापारिक नीतिहरू अहिलेबाट प्रतिबन्धित छन्”,  राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभयो, “रोनाल्ड रेगन फाउन्डेसनले क्यानाडाले छलपूर्वक एउटा विज्ञापनमा नक्कली सामग्री प्रयोग गरेको भन्नेबारे पुष्टि गरेको छ, जसमा रेगनले करको विरोधमा भनिएको गलत अभिव्यक्ति देखाइएको छ ।”

    यो घटनाले उत्तर अमेरिकी छिमेकी यी दुई राष्ट्रबीचको सम्बन्धमा नयाँ असामान्य मोड ल्याएको छ । यो घोषणा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुई हप्ताअघि ह्वाइट हाउस पुगेर अमेरिकी भन्सार शुल्कमा सहजता खोज्दै राष्ट्रपति ट्रम्पसँग भेट गरेको केही समयपछि आएको हो । त्यतिबेला ट्रम्पले प्रधानमन्त्री कार्नीलाई ‘विश्व–स्तरीय नेता’ भन्दै प्रशंसा गर्नुभएको र दुवैबीचको छलफलबाट ‘सन्तुष्ट’ भएको बताउनुभएको थियो ।

    तर सो भेटमा ट्रम्पले करमा कुनै छुट दिने वा नीतिगत परिवर्तनको प्रस्ताव गर्नुभएको थिएन ।

    यसबीच, रोनाल्ड रेगन फाउन्डेसनले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै क्यानाडाको ओन्टारियो प्रान्त सरकारले सन् १९८७ अप्रिलमा रेगनले राष्ट्रलाई दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनको ‘छनोट गरिएको अडियो र भिडियो अंश’ प्रयोग गरेको पुष्टि गरेको छ । फाउन्डेसनले उक्त विज्ञापन ‘भ्रामक’ भएको भन्दै यसको कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।

    ट्रम्पले उक्त विज्ञापन ‘अमेरिकी सर्वोच्च अदालतमा आफ्नो व्यापार शुल्कसम्बन्धी निर्णयमा प्रभाव पार्ने उद्देश्यले बनाइएको’ दाबी गर्नुभयो ।

    संयुक्त राज्य अमेरिका र क्यानाडाले अहिले पनि विद्यमान उत्तर अमेरिकी व्यापार सम्झौता (युएसएमसिए) अन्तर्गत व्यापार गर्दै आएका छन्, जसअन्तर्गत दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार शुल्कमुक्त छ ।

    तर ट्रम्प प्रशासनद्वारा स्टिल, एल्युमिनियम र अटो उद्योगमा लगाइएका विश्वव्यापी भन्सार शुल्कहरूले क्यानाडाको अर्थतन्त्रमा ठूलो प्रभाव पार्नुभएको छ । यसका कारण हजारौँ रोजगारी गुम्न पुगेको र उद्योगहरू दबाबमा परेका छन् ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.