• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चाडपर्वमा बग्ने आमाको आँसु


  •   बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
  • तारा सोमरे ##

    Advertisement

    शब्द मानव समाजमा सबैभन्दा सम्मानित हुन्छ। मजदुरीको कठोर यात्रामा भिरपखेराहरू पार गर्दा पनि आमाले सधैं आफ्नो शरीरभन्दा बढी ख्याल कोखको राख्छिन्— त्यो कोख, जसमा हामी नौ महिना हुर्किएका हुन्छौं।

    प्रकृतिको नियम अनुसार नौ महिना कोखमा राखी, असह्य प्रसव पीडा सहेर जन्म दिने नारी नै “आमा” हुन्। त्यही क्षणदेखि नारी र सन्तानबीच जन्मिने नाता पृथ्वीको सबैभन्दा पवित्र सम्बन्ध हो— आमा र सन्तानको सम्बन्ध।

    आमा केवल जन्मदिने होइन, त्यागको मूर्त स्वरूप हुन्। जब उनी मजदुरीमा थाक्छिन्, ढल्छिन्, तब पनि सन्तानको मुख हेरेर मुस्कुराउँछिन्। उनी आधापेट खाएर पनि छोराछोरीलाई पेटभर खान खुवाउँछिन्। आर्थिक कठिनाइको आभास हुन नदिई उनी सन्तानलाई शिक्षा दिन्छिन्, फिस तिर्छिन्, र आफ्ना साना–साना खुशीहरू बिर्सेर उनीहरूका सपनामा रमाउँछिन्।

    त्यही नि:स्वार्थ ममता र त्यागकै कारण आमा मानव सम्बन्धहरूको शिखरमा उभिएकी हुन्छिन्।

    तर, हाम्रो देशको यथार्थ भिन्न छ।

    हजारौं आमाहरूले असह्य पीडा सहेर सन्तान हुर्काए पनि, तिनै सन्तान अहिले आमाको वृद्ध जीवनमा साथ दिन सक्दैनन्। यो सन्तानको असहयोग होइन । यो देशको असक्षम नेतृत्व र आर्थिक बाध्यताको परिणाम हो ।

    रोजगारी र सम्मानित जीवनको खोजीमा लाखौं युवा परदेशिएका छन् —छिमेकी मुलुकदेखि लिएर खाडी र युरोपका देशसम्म।

    विशेषगरी दशैं–तिहार जस्ता चाडपर्वमा, आमाहरूको मन एकाएक भारी हुन्छ।
    घरको आँगनमा बस्दै—
    “यसपालि त मेरा छोराछोरी आउँलान् कि ?” भन्ने आशाले बाटो हेर्छिन्।
    तर जब विदेशमा रहेका सन्तानले “आउन सकिँदैन आमा” भन्छन्, त्यतिखेर ती आँखाबाट बग्ने आँसु केवल आँसु हुँदैन—त्यो त सिङ्गो राष्ट्रको मौन करुणा हो।

    आजको तिहारमा बहिनीहरूले भाइका लागि टिका र मिष्ठान्न तयार गर्दै गर्दा, कतिपय आमाहरूले दैलोबाट नहेरी सक्दैनन्।
    “तिमी आयौ भने म धेरै खुशी हुने थिएँ…”
    भन्ने मनोभाव भित्रभित्रै उम्लिरहेको हुन्छ।
    तर बाध्यता यस्तो छ—
    मायाँले बोलाउँछ, तर रोजगारीको आदेशले रोकिन दिन्दैन।
    “आमा, हजुरको सेवा नगरेको होइन, तर मालिकको निर्देशन मान्नु मेरो बाध्यता हो,”
    भन्ने सन्तानको आवाज पनि उतिकै पीडादायी हुन्छ।

    जनवादी गायक जीवन शर्माको गीत झैं—

    “यसपालि त यस्तै भो आमा,
    अर्को साल आउनेछु दशैंमा…”

    यी शब्दहरू केवल गीतका पंक्तिहरू होइनन्,
    देशबाहिर पसिनाको थोपा बेचिरहेका सन्तान र
    घरमा प्रतीक्षामा बसिरहेकी आमाको साझा कथा हुन्।

    अन्ततः, आमा कहिल्यै कमजोर हुनुहुन्न।
    उनी जन्म दिन्छिन्, हुर्काउँछिन्, पढाउँछिन्, अनि छोराछोरीलाई बिदेश पठाउँछिन्।
    यो उनको इच्छा होइन—
    यो देशको गैरजिम्मेवार शासन र बेरोजगारीको पीडा हो।

    त्यसैले—
    जब दशैंको टीका घाममा चम्किन्छ र तिहारका दियोहरू टल्किन्छन्,
    त्यो उज्यालोभित्र कतै न कतै आमाको आँसु पनि चम्किरहेको हुन्छ।
    त्यो आँसु—मायाको, प्रतीक्षाको, र अपार सहनशीलताको प्रतीक हो।

    “चाडपर्वमा बग्ने आमाको आँसु” केवल एक आमाको कथा होइन —
    यो सिङ्गो नेपाली समाजको भावनात्मक प्रतिबिम्ब हो,
    जहाँ मायाले बोलाउँछ, तर बाध्यताले रोकिदिन्छ ।

    बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.