• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भट्टी हटाउनेसहित मागका कारण २०३९ को चुनाव बहिष्कार सफल भयो : आरसी भट्ट (भिडियो संस्मरण)


  •   मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) निकट वामपन्थी नेता रामचन्द्र (आरसी) भट्टले २०३९ सालको स्थानीय निकाय चुनावको स्मरण गर्दै स्थानीय माग सामेल गरेपछि चुनाव बहिष्कार आन्दोलन सफल भएको स्मरण गर्नुभएको छ । 

    Advertisement

    युगदर्शन मिडियामा भिडियो संस्मरण प्रस्तुत गर्दै उहाँले विगतको सो स्मरण गर्नुभएको हो ।

    ‘हामीले २०३९ सालको पञ्चायतकालीन स्थानीय निकाय चुनाव बहिष्कार गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘कैलालीमा रक्सी भट्टी हटाउने, सर्वसाधारणले बिजुली पाउनुपर्ने, एयरपोर्ट बनाउनुपर्नेजस्ता माग राखेकाले चुनाव बहिष्कार पूरै नै सफल भयो ।’

    त्यति नै बेला आफूहरू भने गिरफ्तारीमा परेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीलाई कैलाली कारागारमा पठाएर चुनाव गराउन खोजियो तर चुनाव बहिष्कार पूरै सफल भयो । कैयौँ बाकस फिर्ता आए ।’

    ‘मसाल’ पत्रिका फेला पर्‍यो

    नेता भट्टले नेकपा (मसाल) मा आबद्ध हुनुभन्दा अगाडि नै ‘मसाल’ पत्रिका हात परेको स्मरण गर्नुभयो ।

    ‘त्यति बेला मालेहरूले वर्गसङ्घर्ष नामको पत्रिका निकाल्थे । ठिक त्यति नै बेला मेरो हातमा मसाल पत्रिका हात पर्‍यो’ उहाँले भन्नुभयो– ‘मसाल पत्रिकामा चौथो महाधिवेशनसित सम्बन्धित सामग्रीको अध्ययन गरेपछि मसाल पक्ष सही हो भन्ने लाग्यो ।’

    २०३५ सालसम्म सुदूरपश्चिममा कुनै पनि कम्युनिस्ट पार्टीको प्रभाव नभएको उहाँको दाबी थियो ।

    उहाँले २०४० सालमा सम्पन्न गोरखपुरको राष्ट्रिय सम्मेलनले पार्टीको नाम ‘नेकपा (मसाल)’ राखिएको स्मरण गर्नुभयो ।

    जनमत सङ्ग्रह

    मसालका नेता भट्टले २०३६ सालमा जनमत सङ्ग्रहको प्रचारप्रसारका लागि कैलालीमा नौ जनाको समिति बनाइएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यज्ञराज भट्ट, लेखराज भट्टसहित म सामेल भएको नौ जननाको बहुदल प्रचारप्रसार समिति गठन गरेका थियौँ ।’

    जनमत सङ्ग्रहमा निर्दल पक्षले २४ लाख र बहुदलको पक्षमा २० लाख मत परेको बताउनुभयो ।

    पछि सोही समितिको पहलमा नेकपाका नेता मनमोहन अधिकारीलाई बोलाएर जुलुस गरेको उहाँले जानकारी दिनुभयो ।

    ‘हामीले धनगढीमा ठुलो सभा गर्ने योजना बनायौँ । त्यसका लागि मनमोहन अधिकारीलाई बोलायौँ । बर्दियाबाट एमएस थापा आउनुभयो । त्यसपछि गौरीफन्टाबाट जुलुस निस्कियो । त्यहाँ मेरो सभापतित्वमा सभा भयो ।’

    कर्माचार्यको आगमन

    सुदूरपश्चिममा कम्युनिस्ट गतिविधि बढेपछि नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य कैलाली आउनुभएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘२०३७ सालमा नरबहादुर कर्माचार्य आउनुभयो । उहाँले जनमत सङ्ग्रह धोका हो, यसका विरुद्ध आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।’

    सोही वर्ष कैलालीमा नेकपाको जिल्ला सम्मेलन भएको, सो सम्मेलनमा केन्द्रीय पर्यवेक्षकको रूपमा जयगोविन्द साह आउनुभएको बताउँदै उहाँले सम्मेलनले कविराम पण्डित सेक्रेटरी र आफूसमेत रहेको जिल्ला समिति बनाएको बताउनुभयो ।

    पाँचौँ महाधिवेशन

    युगदर्शनसितको कुराकानीमा उहाँले नेकपाको पाँचौँ महाधिवेशनको स्मरण गर्नुभयो । त्यस क्रममा महाधिवेशनको हलबाट राति १२ बजे तत्कालीन महामन्त्री मोहनविक्रम सिंहलाई कारबाही भएको बताउनुभयो ।

    ‘मैले हात उठाएर कुरा राखेँ, रातको १२ बजे महामन्त्रीलाई हलबाहिर पठाउँदा उहाँको सुरक्षाको कुरा के हुन्छ ? त्यसपछि पोलिट्ब्युरो बैठक बसेर सुरक्षाका लागि दुई जना युवाको व्यवस्था भयो र उहाँका लागि धर्मशालाका कोठा बुक गरियो’ उहाँले भन्नुभयो ।

    २०४२ सालको बमकाण्ड

    उहाँले २०४२ सालमा रामराजाप्रसाद सिंह नेतृत्वको बमकाण्डको आरोप खेमराज भट्ट मायालुमाथि लागेको स्मरण गर्नुभयो ।

    ‘तर हामीलाई पनि यिनीहरू बहुदलको पक्षधर भएको भन्दै गिरफ्तार गरेर पहिला नौ महिला कैलाली कारगारमा राखियो । पछि थप नौ महिला कारागारमा राखियो । यसअघि पनि नम छ महिना गिरफ्तारीमा परिसकेको थिएँ’ उहाँले त्यति बेला आफूसहित २३ जनालाई हिरासतमा राखिएको बताउनुभयो ।

    चित्रबहादुर केसीको उपस्थिति

    २०४३ सालमा मात्रै ‘कमरेड रणबहादुर’ को नामबाट चित्रबहादुर केसी कैलाली पुगेको उहाँको भनाइ थियो

    केसीको उपस्थितिसँगै कैलाली मसालको गढ बनेको उहाँको दाबी थियो । २०४६ सालअघि र पछि पनि सुदुरपश्चिम र कैलालीमा मसाल नै सबैभन्दा अघि रहेको उहाँले बताउनसभयो ।

    २०४६ सालको आन्दोलन

    २०४६ सालको जनआन्दोलनमा सुदूरपश्चिममा मसालको भूमिका अग्रपङ्क्तिमा रहेको उहाँ स्मरण गर्नुभयो ।

    ‘आन्दोलनपछि निर्मल लामा संविधान लेखन आयोगमा बस्ने कुरा भयो’ उहाँले भन्नुभयो– ‘तर हामीले संविधानसभामार्फत संविधान बनाउनुपर्दछ भनेर २०४८ सालको आमचुनाव बहिष्कार गर्‍यौँ । हामीले २०४७ सालको संविधानलाई कालो भन्यौँ ।’

    धनगढी पालिकामा उम्मेदवारी

    २०४८ सालमा स्थानीय निकायको चुनाव हुँदा पार्टीको निर्णयअनुसार आफू धनगढी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको उहाँले जानकारी दिनुभयो ।

    ‘२०४८ सालको चुनावमा म धनगढीबाट मेयरमा उठेको थिएँ । अखिल नेपाल किसान सङ्घको तर्फबाट म उम्मेदवार हुँदा खासै प्रचारप्रसार गर्न नसकिए पनि पाँच सय ६२ मत प्राप्त भएको थियो ।

    २०५९ सालतिर

    २०५२ सालदेखि दश वर्षसम्म देशमा सरकार र माओवादीमाझ द्वन्द्व भइरहँदा आफू पनि गिरफ्तारीमा परेको उहाँले बताउनुभयो ।

    ‘२०५९ सालतिर नेपाली सेनाले मसहित केही साथीलाई गिरफ्तार गर्‍यो’ उहाँले भन्नुभयो– ‘हामी राष्ट्रिय जनमोर्चाका हौँ भन्दाभन्दै पनि गिरफ्तार गरियो । भित्र पुर्‍याएपछि सेनाको क्याप्टेनले हामीलाई छोडिदिन भन्यो ।’

    उहाँले आफूहरूलाई छोडेर मात्र नहुने गाउँमा पुगेर आफ्नै अगाडि सेनाले माफी माग्नुपर्दछ भन्ने माग गरेपछि सेनाले गाउँमा पुगेर माफी मागेर बल्ल छोडिदिएको स्मरण गर्नुभयो ।

    कैलालीगाउँको सङ्गठन

    आफ्नो राजनीतिक सक्रियताका कारण कैलालीको कैलालीगाउँमा सङ्गठन अहिले पनि बलियो रहेको दाबी उहाँको थियो ।

    ‘२०४८ सालपछि मात्रै हामीबाट कैयौँ व्यक्तिहरू एमाले, माओवादीमा गए । त्यसभन्दा पहिला त्यहाँ मसाल मात्रै थियो । २०६२–६३ सालको आन्दोलनमा पनि हामी अगाडि थियौँ । त्यही भएर अहिले पनि मलाई नेकपाको सुदूरपश्चिम संस्थापक भन्ने गर्दछन्’ नेता भट्टले भन्नुभयो ।

    उहाँले साथीहरूको अनुरोधमा छैटौँ, सातौँ र आठौँ महाधिवेशनबाट नेकपाको केन्द्रीयस्तरमा काम गरेको जानकारी दिँदै डोटी, बझाङ, दार्चुला, कैलालीलगायत धेरै स्थानमा सङ्गठन निर्माण गरेको बताउनुभयो ।

    भीमदत्त पन्तको प्रसङ्ग

    नेता भट्टले ‘मसाल’ मुखपत्रमा नै भीमदत्तसम्बन्धी सामग्री अध्ययन गर्न पाएको बताउनुभयो ।

    भीमदत्त पन्तलाई ब्राह्मण परिवारबाट भए पनि क्रान्तिकारी व्यक्तित्व भएको तथा अन्याय सहन नसक्ने व्यक्तिको रूपमा उहाँले चित्रण गर्नुभयो ।

    किसान नेता भीमदत्त बरेलीका कम्युनिस्टको सम्पर्कमा आएर कम्युनिस्ट बनेको जानकारी आफूले पाएको बताउनुभयो ।

    आफू पहाडमा रहँदा भीमदत्तले आफ्नी भाउजू गाईको प्रहारबाट घाइते हुँदा उपचार सल्लाह दिएको पनि उहाँले सम्झिनुभयो ।

    भारतीय सेनाले उनकै मित लालबहादुर थापाको पहलमा डोटीको बुडहरमा झुक्याएर घाँटी काटेर निर्ममतापूर्वक हत्या गरेको बताउनुभयो ।

    नेता भट्टले २०३६ सालमा भीमदत्त पन्तको जीवनी समेटिएको सानो पुस्तिका प्रकाशन गरेको तथा धनगढीमा उनकै नामबाट “भीम पुस्तक केन्द्र” सञ्चालनमा ल्याएको तथा जोगसिंह विष्टसमेतसित मिलेर “भीम सन्देश” साप्ताहिक पत्रिका निकालेको पनि बताउनुभयो ।

    सो पत्रिका नेपालमा तयार पारेर बरेलीमा छाप्ने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    पछि “भीम पुस्तक केन्द्र” जफत् भएको र “भीम सन्देश” पत्रिकाले पनि निरन्तरता पाउन नसकेको उहाँको भनाइ थियो ।

    (नेता भट्टको पूरा भिडियो संस्मरणका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=Wg91-1tOA9Mवाच गर्न अनुरोध गर्दछौँ)

    मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.