चन्द्रा श्रीस, काठमाडौँ ।
गुल्मीको कालीगण्डकीमा राष्ट्रिय जनमोर्चाले २०८२ सालको प्रगतिशील देउसीभैलो खेल्ने भएको छ ।
राजमो कालीगण्डकीका अध्यक्ष सूर्यबहादुर क्षेत्रीको नेतृत्वमा २०८२ कात्तिक २ गतेदेखि पालिकाकै पात्रेबाट देउसीभैलो सुरु हुन लागेको हो ।
टोलीको नेतृत्व क्षेत्रीसँगै राजमो गुल्मीका सदस्य गङ्गा केसी, अखिल नेपाल युवक सङ्घका पालिका अध्यक्ष मेघराज शर्मा र अखिल नेपाल जनजाति सम्मेलन गुल्मीका सदस्य चित्रबहादुर थापाले गर्नुभएको छ ।
देउसीभैलो २३ जनाको टोलीमा खेल्ने पालिका अध्यक्ष सूर्यबहादुर क्षेत्रीले युगदर्शनलाई जानकारी गराउनुभयो ।
क्षेत्रीका अनुसार भैलो पात्रेदेखि सुरु भई पुर्तिघाट, थालुङ, सपाङ्दे, मरिम, लिस्पानी, लुङखानी, सातदोबाटो, हिले, धुवाँखोला र छापचौर हुँदै तिहारको भोलिपल्टसम्म खेलिनेछ ।
भैलोमा रक्तिम कलाकार टिमको नेतृत्व ललिता थापा र रमेश पुनले गर्नुहुने बताइएको छ ।
टोलीमा सरिता लामिछानेमगर, झरना लामिछाने, विशाल थापा, सुप्रिया केसी, सन्दीप थापा, सुजता ढकाल, सिमरन केसी, उषा थापालगायतको सहभागिता रहेको छ ।
राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीका अनुसार तिहारलगत्तै राजमो जिल्लाको देउसीभैलो सदरमुकाम तमघास बजारमा खेलिने भएको छ ।
