काटमाडौँ । इन्जिनियर हितेन्द्र शाक्यको घरमा आगो लगाउने बिहार घर भएका भारतीय नागरिक गिरफ्तार परेका छन् । उनी सहित ४ जनामाथि प्रहरीले मुद्दा दायर समेत गरेको छ ।
Advertisement
उनीहरूसँग ५० लाख ९२ हजार रुपैयाँ बिगोसहित क्षतिपूर्तिको माग गरिएको छ । भारतको बिहार राज्यको पश्चिमी चम्पारण घर भई काठमाडौँ महानगरपालिका १० बुद्धनगरस्थित अटो एक्स नामक गाडी ग्यारेजमा काम गर्ने १८ वर्षीय सेराज आलम, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– एक खहरे घर भई बुद्धनगर बस्ने २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मन्सुरी र रौतहटको चन्द्रपुर नगरपालिका– एकका २८ वर्षीय मनिष सुनार विरुद्ध मुद्दा दायर गरेको छ ।
