• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

सेनाको पत्रकार सम्मेलन : आवश्यकताको सिद्धान्तअनुसार पहल लिएको दाबी


  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा नेपाली सेनाले आवश्यकताको सिद्धान्तअनुसार पहल लिएको दाबी गरेको छ ।

    Advertisement

    २०८२ असोज ३१ गते शुक्रबार युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजङ्ग थापाले सेनाको तर्फबाट सो दाबी गर्नुभएको हो ।

    थापाले जेनजी आन्दोलनको तरङ्ग केही अघिबाटै देखिएको भए पनि त्यसको ‘इभोलुसन’ अर्थात् विकासक्रम अचानक रूपमा प्रस्तुत भएको बताए ।

    उनले भने– ‘जेनजी तरङ्ग केही अघिबाट देखिएको थियो तर सिलसिलेवार इभोलुसनमा प्रकट नभई अचानक प्रस्तुत हुन आइपुग्यो ।’

    सेनाले उक्त परिस्थिति मनन गर्दै आवश्यकताको सिद्धान्तका आधारमा आवश्यक पहल लिएको उनको भनाइ थियो ।

    ‘आवश्यकताको सिद्धान्त मनन गरेर आवश्यक पहल लिएको हो । अन्य सुरक्षा निकायसँग काँधमा काँध मिलाएर सेनाले सहकार्य गर्दै आएको छ’ उनले भने ।

    आन्दोलनलाई मत्थर बनाउन समयमै सेनाले पहल नलिएको विषयमा उठेका प्रश्नबारे थापाले भने– ‘त्यो प्रश्न आफैँमा विरोधाभासपूर्ण छ । हाम्रो उद्देश्य जनधनको सुरक्षा र राष्ट्रको रक्षा नै हो ।’

    ६२ स्थानमा सेनाको सुरक्षा तैनाथी

    पत्रकार सम्मेलनमा सेनाले मुलुकका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ ।

    ५० स्थानका कारागार, तीनओटा एयरपोर्ट, एक आयल निगम, तीनओटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूताबास क्षेत्र र कन्सुलेटग री ६२ स्थानमा सुरक्षा फौज तैनाथ रहेको सेनाले जनायो ।

    काठमाडौँ उपत्यकाभित्र पाँच स्थान, उपत्यका बाहिर ५७ गरी जम्मा ६२ स्थानमा एक हजार ६२८ सेनाको सुरक्षा फौज तैनाथ गरिएको पनि सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

    मृत्यु हुने ७६ मध्ये २२ प्रदर्शनकारी

    सेनाले जेनजी आन्दोलनका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । बाँकी मृतकमा तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको बताइएको छ ।

    आन्दोलन चार सय ८४ स्थानमा भएको पनि उनले बताए । सेनाका अनुसार छ सय ८८ ओटा सरकारी कार्यालय, दुई ५९ ओटा निजी निवास, एक सय २८ ओटा व्यापारिक प्रतिष्ठान, एक ९८ ओटा राजनीतिक दलका कार्यालय, तीन सय सातओटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।

    यस्तै आन्दोलनका क्रममा १५ हजार पाँच सय ८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार सात सय ९९ जनालाई पुन: नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।

    सेनाले आन्दोलनकै क्रममा नौ सय ७८ थान हतियार हराएकोमा पाँच सय ८६ ओटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

    शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.