काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन् ।
Advertisement
ललितपुरमा बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रस्ताव गरेको हो । राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको उनको तर्क छ । एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरिहँदा अध्यक्ष ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन् ।