• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

महिनादिन पुरानो अनिँदो सरकार


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक, वर्ष १७, अंक ६ मा प्रकाशित सम्पादकीय

    Advertisement

    जेनजी आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भयो । उनी संसद् बाहिरबाट प्रधानमन्त्री बनेकी थिइन् । नेपालको संविधान–२०७२ ले प्रतिनिधिसभाभन्दा बाहिरबाट प्रधानमन्त्री बन्ने प्रावधान राखेको छैन । त्यसैले त्यसबारे संसद्मा प्रश्न उठ्न सक्दथ्यो । यो आलोचनाबाट बच्न प्रतिनिधिसभा नै विघटन गर्ने विधि अपनाइयो । यसरी कार्की प्रधानमन्त्री बनेसँगै उनको सिफारिसमा आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरियो । चुनावको मिति घोषणा गर्दा संविधानमा व्यवस्था भएको छ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधानमा टेकिएको भनियो । यसरी संविधानलाई मिचेर बनेको सरकारले संविधानअन्तर्गत चुनाव गराउने घोषणा गरिएको छ ।

    कार्की सरकार गठन भएको एक महिना पूरा भएको छ । मुलुकमा कुशासन, भ्रष्टाचार, बेथिती र अनियमितताको सट्टा सुशासन ल्याउने भन्दै गठन भएको सरकारको गति कछुवाको जस्तो छ । चुनावको मिति तोकिए पनि त्यसका आङ्गिक निकायलाई विश्वस्त बनाउने काम भएको छैन । निर्वाचन आयोग अहिले पनि कार्यवाहक प्रमुख आयुक्तको भरमा छ । निर्वाचन आयोगले दलसित सरकारको समन्वयमा जोड दिए पनि कार्की सरकारले त्यति तदारुकता देखाइको पाइन्न । मन नलागी नलागी बालुवाटारले एउटा बैठकसम्म गरेको छ ।

    अर्कोतर्फ, देशमा सुरक्षास्थितिको अवस्था गम्भीर छ । जेनजी आन्दोलनका एक एक पत्र खुल्दैछन् । जेनजी अभियन्ता भनिएकै रक्षा बमको सिंहदरबार जलाइएकोमा खुसी व्यक्त गरेको तस्बिर भाइरल बनिरहेको छ । जेनजी आन्दोलनमा पानी बाँड्ने भूमिका रहेका “हामी नेपाल” एनजिओका प्रमुख सुधन गुरुङको तिब्बत कनेक्सनबारे तथ्य बाहिर आउन थालेको छ । त्यस क्रममा तिब्बल ओरिजिनल ब्लड (टिओबी) र जेनजी आन्दोलनमा पेस्तोल बोकेका तस्बिर पनि यतिखेर सामाजिक सञ्जालमा देख्न सकिन्छ । अर्कोतर्फ, जेनजीको नाममा माग गरिएको भनेर पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्‌तारीको विषय बालुवाटारसम्म पुगेर सेलाएको छ । किटानी जाहेरी त सुधन गुरुङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका विरुद्ध पनि परेका छन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति बनिसकेपछि त्यसको रिपोर्टलाई कार्यान्वयन गर्ने गरी आरोपितलाई गिरफ्‌तार गर्नुपर्नेमा भिडले तोकेको आधारमा गिरफ्‌तारी गर्ने उल्टो बाटो गृहमन्त्रालय हिँड्न खोजेको थियो ।

    एक महिनायता बालुवाटारको यो उल्टो बाटोले देश गम्भीर अवस्थाबाट गुज्रिरहेको स्पष्ट हुन्छ । एकातिर, सरकारमै एनजिओ पृष्ठभूमिका मन्त्रीको सहभागिता छ, अर्कोतर्फ जेनजीको नाममा देशमा अझै पनि अराजकता छ । जेनजीको नाममा जसले जे माग गरे पनि हुने र त्यसप्रति सरकार नरम हुने अवस्था छ । भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर जेनजीको नाममा वितरण हुनु देश यस्तै अराजकतामा हिँडेको एउटा प्रमाण हो । पाँच हजार बढी कैदीबन्दी अहिले पनि जेलबाहिर छन् । कतिपयले अपराधकर्मलाई पुनः निरन्तरता दिएका छन् । देशमा शान्तिसुरक्षाको अवस्था निकै नाजुक छ । ट्राफिक प्रहरीले समेत ढुक्कसम्म आफ्‌नो कर्म निर्वाह गर्न सकिरहेको छैन । नेपाल प्रहरी अझै त्रसित मनस्थितिमा छ ।

    यी सबै घटनाले महिनादिन पुरानो कार्की सरकार अझै पनि अनिँदो अवस्थामा रहेको देखिन्छ । उसले पूर्ण रूपमा जागेर देशको शासन व्यवस्थालाई सही ट्रयाकमा ल्याउन सकिरहेको छैन । यस्तो अवस्थामा आगामी चार महिनामा कसरी निर्वाचन हुन्छ ? बालुवाटार बैठकमा राजनीतिक दलले सरकारसित यही प्रश्न सोधेका थिए । वर्तमान अन्तरिम सरकारसित धेरै अपेक्षा त गर्न सकिँदैन, फेरि पनि जुन कार्यादेशलाई सम्पन्न गर्नमा सरकार गम्भीर बन्नुपर्ने हो, त्यस खालको गम्भीरता देखा परेको छैन । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा राजनीतिक दलविना सरकारले काम गर्न सक्दैन । दलको विकल्प दल नै हुन्छ । त्यसकारण सरकार निद्राबाट ब्युँझिनुपर्दछ ।

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.