• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

केन्द्रीय कार्यालयसहित काङ्ग्रेसका ४८ जिल्लाका एक सय २५ नेताको घरमा आक्रमण


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयसहित ४८ सदस्यका जिल्लाका कार्यालय तथा करिब एक सय २५ नेताकार्यकर्ताको घरमा आक्रमण भएको छ ।

    Advertisement

    सभापति शेरबहादुर देउवाले २०८२ असोज २८ गते मङ्गलबार केन्द्रीय समिति बैठकमा लिखित मन्तव्य राख्दै सो जानकारी दिएका हुन् ।

    वक्तव्यमा मोरङको विराटनगरस्थित कोइराला निवास, काठमाडौँ चाक्सीबारीस्थित गणेशमान सिंह निवास र ललितपुर बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको भवन पनि जलाएर खरानी बनाइएको उल्लेख छ ।

    देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई कठिन अवस्थामा महत्त्वपूर्ण र परिपक्व भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

    जेनजी आन्दोलनमा उठेको सुशासन र भ्रष्टाचारमुक्त मागलाई समर्थन गर्दै देउवाले उक्त आन्दोलन आकस्मिक वा स्वत:स्फूर्तभन्दा पनि सुनियोजित र योजनाबद्ध थियो भन्ने उल्लेख गरेका छन् ।

    सभापति देउवाले आगामी पन्ध्रौँ महाधिवेशनबाट आफू नेतृत्वमा नरहने घोषणा गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएका छन् । त्यसका पछाडि स्वास्थ्यको कारण देखाएका छन् ।

    उनले भनेका छन्– “घरमा सधैँ एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले पन्धौँ महाधिवेशनबाट पार्टी नेतृत्वमा विधिवत: रूपमा हस्ताक्षर गर्छु भनिसकेको छु । आगामी पन्ध्रौँ महाधिवेशनबाट मबाहेक अरू साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।”

    मन्तव्यमा प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तबरले विघटन गरिएको बताउँदै यस विषयमा लोकतान्त्रिक व्यवस्थाप्रति आस्थावान् अन्य राजनीतिक दलसित संवाद र सहकार्य गर्ने उल्लेख छ ।

    फागुन २१ गतेको निर्वाचन सन्दर्भमा देउवाले शान्तिसुरक्षाको ग्यारेन्टी तथा निष्पक्ष र भयरित वातावरणमा निर्वाचनको वातावरण तयार पार्न सरकारको ध्यानकर्षण गराएका छन् । सरकारले राजनीतिक दलसित सार्थक संवाद नगरेकोका उनले आलोचना गरेका छन् ।

    आफूलाई धेरैपटक प्रधानमन्त्री बनेको आरोपबारे उनले सफाइ दिएका छन्– “मैले छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।”

    आफूमाथि भदौ २४ गते आफू समेतमाथि भएको आक्रमणलाई उनले समग्र देश, पद्धति र पार्टीमाथिको आक्रमण बताएका छन् ।

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.