• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भ्रष्टाचार, कुशासन विरुद्धको जेनजी आन्दोलनलाई साम्राज्यवादले उपयोग गर्‍यो : सिंह


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर, भरतपुर ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गत भदौ २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनको विरुद्ध आन्दोलन गरे पनि त्यसलाई साम्राज्यवादी शक्तिले उपयोग गरेको धारणा व्यक्त गर्नुभएको छ ।

    २०८२ असोज २७ गते सोमबार राष्ट्रिय जनमोर्चा चितवनले होटल गङ्गोत्रीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘सत्ताधारी दलको कुशासनको विरुद्ध, भ्रष्टाचारको विरुद्ध आन्दोलन आवश्यक थियो’ उहाँले भन्नुभयो– ‘तर जेनजी पुस्ताको आन्दोलनलाई साम्राज्यवादी शक्तिले उपयोग गरे । मुख्यत: अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले उपयोग गरे ।’

    उहाँले देशभिका विभिन्न राजनीतिक शक्तिले पनि जेनजी आन्दोलनलाई उपयोग गरेको बताउनुभयो ।

    त्यस क्रममा उहाँले प्रतिक्रियावादी वा राजावादी राप्रपा, रास्वपाजस्ता शक्तिले पनि जेनजी आन्दोलनलाई दुरुपयोग गरेको धारणा व्यक्त गर्नुभयो ।

    महामन्त्री सिंहले अहिलेको जेनजी प्रकरणबाट जुनसुकै आन्दोलन सही नीति तथा कार्यक्रमको आधारमा सञ्चालन हुनुपर्ने अन्यथा त्यसले सही दिशा दिन नसक्ने प्रस्ट भएको बताउनुभयो ।

    ‘जेनजी आन्दोलनले पुष्टि गरेको छ, कुनै पनि आन्दोलन सही नीति, नेतृत्व र कार्यक्रमको आधारमा सञ्चालन गरिनुपर्दछ अन्यथा त्यसको परिणाम सही आउँदैन’ उहाँले भन्नुभयो ।

    सही नीति, सङ्गठन, अनुशासन र कार्यक्रमको अभावमा नै जेनजी आन्दोलनको क्रममा ठुलो मात्रामा तोडफोड तथा विध्वंसात्मक गतिविधि भएको तर त्यसबाट ठोस उपलब्धि प्राप्त हुन नसकेको उहाँको भनाइ थियो ।

    जेनजी आन्दोलन सङ्गठित र योजनाबद्ध नभएकाले नै अहिलेसम्म देशको राजनीतिले प्रष्ट दिशा लिन नसकेको उहाँको विश्लेषण थियो ।

    ‘जेनजी आन्दोलन स्पष्ट राजनीतिक दिशा लिएर सञ्चालन भएको थिएन’ उहाँले भन्नुभयो– ‘त्यसैले अहिले जेनजीका नाममा जुन बेग्लाबेग्लै विचार अगाडि आएका छन्, तीमध्ये कुन जेनजीका विचार हुन् भनेर छुट्याउन गाह्रो छ ।’

    अहिले कतिपयले संविधान खारेज गरेर अन्तरिम संविधान बनाउने वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति निश्चित भएपछि मात्रै चुनावमा जाने विचार व्यक्त गरेकोमा उहाँले त्यसको विरोध गर्नुभयो ।

    ‘जहाँसम्म प्र्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा छ, हामीले त संसदीय व्यवस्थालाई नै रणनीतिक रूपमा गलत मान्दछौँ र त्यसको विकल्पमा नयाँ जनवादी व्यवस्था चाहन्छौँ’ उहाँले भन्नुभयो ।

    उहाँले नेपालको सन्दर्भमा राष्ट्रपतीय प्रणाली गलत भएको भनाइ राख्नुभयो ।

    ‘राष्ट्रपतीय प्रणाली कस्तो हुन्छ, त्यो अमेरिकामा ट्रम्पको शासनले देखाइसकेको छ’ उहाँले भन्नुभयो ।

    साम्राज्यवादी तथा पुनरुत्थानवादीहरू नेपालमा जनआन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा भएको स्पष्ट पार्दै उहाँले त्यसैको परिणामस्वरूप अहिले संविधान खारेज, संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्रीको चयन भएको बताउनुभयो ।

    राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीको सहजीकरणमा अगाडि बढेको सो कार्यक्रममा राजमो नेता डम्मर पुरी, वासुदेव पोखरेल, अखिल नेपाल महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.