काठमाडौँ । जेनजी अगुवा मिराज ढुङ्गानाले विदेशमा रहेका ८० लाख नेपालीलाई मतदानको अधिकार दिलाउन माग गरेका छन् ।
Advertisement
देशमा देखा परेका जेनजीका धेरै समूहमध्ये ढुङ्गाना समूहले सो माग गरेको हो ।
२०८२ असोज २६ गते आइतबार आकस्मिक पत्रकार सम्मेलन गर्दै ढुङ्गानाले कुनै पनि हालतमा विदेशमा रहेका मतदातालाई मतदानको अधिकार दिन माग गरेका हुन् ।
‘८० लाख नेपाली बाहिर बस्नुहुन्छ । यसलाई हेलचेक्य्राइँ गर्नुहुन्न । २६ प्रतिशत जनसङ्ख्या हो । उहाँहरूलाई छुटाउनु हुन्न । तत्काल मतदानको व्यवस्था गर्नुपर्छ । आनाकानी गर्न पाइँदैन’ उनले भने– ‘हुलाकबाट भोटिङको अधिकार दिनुपर्छ । बकाइदा भोटको अधिकार दिनुपर्छ ।’