• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

पार्टीको नीति सही भएकाले राजमो जनप्रतिनिधिले भ्रष्टाचार गरेनन् : केसी


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • धनवीर पुन, भरतपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीको नीति सही भएकाले आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार नगरेको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    आज भरतपुरमा अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘पार्टीको नीति सही भएकाले नै राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले भ्रष्टाचार गरेनन् ।’

    राजमो २०५१ सालदेखि संसद्मा भएको जानकारी दिँदै उहाँले राष्ट्रिय जनमोर्चाका जनप्रतिधिले घुस खाएको कसैले सुन्नुनपरेको दाबी गर्नुभयो ।
    अहिले जेनजी आन्दोलनमा भ्रष्टाचारको मुद्दा उठेको प्रसङ्ग निकाल्दै उहाँले राजमोले भ्रष्टाचारको विरुद्ध लगातार आवाज उठाउँदै आएको बताउनुभयो ।

    जेनजी आन्दोलनमा घुसपैठ

    अध्यक्ष केसीले भ्रष्टाचार विरुद्ध जेनजीको आन्दोलन चलेको भए पनि त्यसमा साम्राज्यवादी शक्तिको घुसपैठ भएको बताउनुभयो ।

    ‘राजनीतिक पार्टीको आन्दोलनले अहिलेसम्म सिंहदरबार जलाएन, संसद् भवन जलाएन, सर्वोच्च अदालत जलाएन’ उहाँले भन्नुभयो– ‘अहिले जसरी देशलाई खरानी बनाइयो, त्यसमा अमेरिकी साम्राज्यवादको, भारतीय साम्राज्यवादको र तिनका जासुसी संस्थाको भूमिका छ ।’

    उहाँले जेनजी आन्दोलनमा घुसपैठ भएका कारणले अहिले देश खरानीको डल्लो बनेको बताउनुभयो ।

    अहिले जेनजी आन्दोलनको नाममा एनजिओ पृष्ठभूमि भएकाहरू मन्त्रिमण्डलमा सामेल भएको उहाँको बुझाइ थियो ।

    बारबार एडम्सजस्तो राजाहरूले समेत सिआइडी भनेर निष्काशन गरेको शक्तिको पक्ष लिनेहरू अहिले सरकारमा रहेको उहाँको दाबी थियो ।

    अहिलेको तात्कालिक राजनीतिक परिस्थितिमिा साम्राज्यवादी शक्तिको हस्तक्षेप सफल भए नेपाल प्यालेस्टाइन वा युक्रेन बन्न सक्ने उहाँको चेतावनी थियो ।

    ‘यदि नेपाली जनता बेलैमा सचेत भएनन् भने देश प्यालेस्टाइन वा युक्रेन बन्न सक्दछ’ उहाँले जनताले बेलैमा साम्राज्यवादी चलखेललाई बुझ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पछिल्लो समयमा सुशीला कार्की सरकारलाई दलाई लामाको बधाईको प्रसङ्ग जोड्दै उहाँले चीनको विरुद्ध अमेरिकी षड्यन्त्रबारे सही बुझाइ आवश्यक रहेको उहाँको भनाइ थियो ।

    राजनीतिक दल निष्ठावान् बनुन्

    राजनीतिक दलहरू निष्ठावान् नभएकाले देश अहिले यो अवस्थामा आइपुगेको उहाँको भनाइ थियो ।

    ‘ठुला राजनीतिक पार्टीका कारणले देशको यो अवस्था भयो’ उहाँले भन्नुभयो– ‘देश बन्न राजनीतिक दलहरू चरित्रवान्, नैतिकवान् हुनुपर्दछ ।’

    अध्यक्ष केसीले सत्ता सञ्चालन गरिरहेका ठुला राजनीतिक दलको भ्रष्ट चरित्रकै कारणले देश उभो लाग्न नसकेको बताउनुभयो ।

    राजनीतिक दलहरूले चुनावलाई समेत भ्रष्ट बनाएको प्रसङ्ग उहाँले मन्तव्यको क्रममा जोड्नुभयो ।

    ‘राजनीतिक दलहरू चुनावमा बोरामा पैसा बोकेर जान्छन् । त्यो पैसा भ्रष्ट, ठेकेदार, तष्करबाट उठाइएको हुन्छ’ उहाँले भन्नुभयो– ‘सही राजनीतिक दल चिन्ने सवालमा हामी जनता पनि सच्चिनुपर्दछ । जनताले गलत शक्तिलाई चुनावमा जिताएकै कारण देशले यो दुर्दशा भोग्नुपरेको हो ।’

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.