धनवीर पुन, भरतपुर ।
अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रत्यक्ष शुभकामना मन्तव्यसँगै सुरु भएको छ ।
२०८२ असोज २६ गते आइतबार भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको सभाकक्षमा महाधिवेशन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुभएको थियो ।
जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षता तथा महासचिव अमरध्वज रानाको सञ्चालनमा सुरु भएको उद्घाटन सत्रमा यतिखेर भाइचारा सङ्गठनका प्रतिनिधिले शुभकामना दिँदै हुनुहुन्छ ।
सम्मेलनका उपाध्यक्ष मोहन थापाको स्वागत मन्तव्य रहेको अहिलेको सेसनमा यो समाचार तयार पार्दासम्म मसालका महामन्त्री मोहनविक्रम सिंह, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य खगराज शर्मा र जनजाति सम्मेलनका पूर्व केन्द्रीय उपाध्यक्ष केबी थापाले सम्बोधन गरिसक्नुभएको छ ।