बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको ‘राष्ट्रियता र संविधानको रक्षा, सङ्घीयता खारेजीका लागि जनजागरण अभियान–२०८२’ अन्तर्गत छ स्थानमा प्रशिक्षण भेला सम्पन्न भएका छन् ।
२०८२ असोज २५ गते शनिबार बरेङ–५ सुखौरा, जैमिनी–८ छिस्ती, काठेखोला–४ तङ्ग्राम, गलकोट–१ दुदिलाभाटी, ढोरपाटन–५ अधिकारीचौर र बागलुङ–१२ अमलाचौरमा कार्यक्रम सम्पन्न भएका हुन् ।
सुखौरा
अभियानअन्तर्गत सुखौरामा सम्पन्न प्रशिक्षण भेलामा प्रमुख अतिथि राजमो बागलुङका सचिवालय सदस्य कृष्ण पौडेल हुनुहुन्थ्यो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घ बागलुङका सदस्य तुफान पुन र राजमो बरेङका सल्लाहकार रूपनारायण शर्माले मन्तव्य राख्नुभएको थियोे ।
वडासमितिका अध्यक्ष चित्रबहादुर शेरपुर्जाको अध्यक्षता, नरिश्वर पौडेलको सञ्चालन र टिकाराम शर्माको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियोे ।

राजमोको वडासमिति
कार्यक्रममाझ चित्रबहादुर शेरपुर्जा अध्यक्ष रहनुभएको ११ सदस्यीय राजमोको सुखौरा वडासमिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा भीमकुमार पुन, सचिवमा तुफान पुन, सहसचिवमा मनबहादुर शेरपुर्जा, कोषाध्यक्षमा भविसरा शेरपुर्जा र सदस्यमा पुरन सुनार, गुमान खत्री, पदम नेपाली, विष्णु शेरपुर्जा, टेकबहादुर पुन र द्रुपति पुन रहनुभएको छ ।
युवाको पनि समिति
त्यस्तै कार्यक्रममा रेशम शेरपुर्जा अध्यक्ष रहनुभएको नौ सदस्यीय अखिल नेपाल युवक सङ्घको सुखौरा वडासमिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा सृष्टि पुन, सचिवमा दिवस अर्मजा, कोषाध्यक्ष भविसरा शेरपुर्जा तथा सदस्यमा हिराज शेरपुर्जा, असिन अर्मजा, चरन शेरपुर्जा, रेशम अर्मजा र प्रदीप परियार रहनुभएको छ ।
छिस्ती
छिस्तीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका सचिवालय सदस्य डिलबहादुर श्रीस हुनुहुन्थ्यो ।
कार्यक्रममा उहाँले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तङ्ग्राम
तङ्ग्राममा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका अध्यक्ष तिलक थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन र अखिल नेपाल शिक्षक सङ्घ बागलुङका सदस्य कमला थापाले पनि मन्तव्य राख्नुभएको थियोे ।

सो अवसरमा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङका सदस्य दिलबहादुर पुन, युवक सङ्घ बागलुङका सदस्य प्रदीप पुनलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको अध्यक्षता राजमो वडासमितिका अध्यक्ष विष्णु कँडेलले, सञ्चालन कृष्ण विकले र स्वागत मन्तव्य सचिव थिरबहादुर रानाले गर्नुभएको थियो ।

दुदिलाभाटी
दुदिलाभाटीमा सम्पन्न प्रशिक्षण भेलामा प्रमुख अतिथि राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य बेदिलाल सापकोटा, शिक्षक सङ्घका केन्द्रीय सदस्य पुस्कर सापकोटा, राजमो बागलुङका सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टङ्क केसी, राजमो जिल्ला सदस्य लालबहादुर रानालगायतले मन्तव्य राख्नुभएको थियोे ।

सो अवसरमा शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, शिक्षक सङ्घकै केन्द्रीय प्रतिनिधि टिकाराम कँडेल, जनजाति सम्मेलन बागलुङका सदस्य मीनबहादुर मगर, अखिल नेपाल महिला सङ्घकी हरिमाया सुवेदी, स्थानीय नेता लीलबहादुर खत्री, हीराबहादुर खत्री, सहलसिह खड्का, जसबहादुर बुढाथोकी, तुलबहादुर खत्रीलगायतको आतिथ्य रहेको थियोे ।
कार्यक्रम वडासमितिका अध्यक्ष रनबहादुर विकको अध्यक्षता, नारायण सापकोटाको सञ्चालन र दुर्गा पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियोे ।
समताको वडासमिति
सोही अवसरमा नन्दु नेपाली अध्यक्ष रहनुभएको जातीय समता समाजको नौ सदस्यीय वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मङ्गल विक, सचिवमा बाबुराम सुनार, कोषाध्यक्षमा चित्र सुनार, सदस्यमा रत्न सुनार, लक्ष्मण विक, चन्द्रकला परियार, तेजबहादुर परियार र भीमबहादुर विक रहनुभएको छ ।
अधिकारीचौर
अधिकारीचौरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे हुनुहुन्थ्यो ।
कार्यक्रममा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा र शिक्षक सङ्घ बागलुङका सदस्य सुनमाया घर्तीले मन्तव्य राख्नुभएको थियोे ।
वडासमितिका अध्यक्ष तुल्सी खरेलको अध्यक्षता तथा केशव सापकोटाको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
अमलाचौर
अमलाचौरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी हुनुहुन्थ्योे ।
कार्यक्रममा राजमो बागलुङका सदस्य लोकनाथ शर्माले पनि मन्तव्य राख्नुभएको थियोे ।
वडासमितिका अध्यक्ष घनश्याम विकको अध्यक्षता, बुद्धि चापागाईंको सञ्चालन र गोविन्द पौडेलको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।


