तौलिहवा । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ४ ज्योतिनगरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८२ असोज २५ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै अदैले देशमा प्रतिक्रियावादी तथा विदेशीको चलखेल तीव्र रूपमा बढेको धारणा व्यक्त गर्नुभयो ।
जेनजी आन्दोलनमा एनजिओसमेतको घुसपैठ भएको दाबी गर्दै उहाँले राजमोका एजेन्डालाई बेवास्ता गर्दा देशमा यो अवस्था आएको बताउनुभयो ।
सो अवसरमा राजमो विजयनगर पालिका समितिका अध्यक्ष गोविन्द परिवार र पालिका समितिका सदस्य सूर्यबहादुर जिसीले पनि समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो विजयनगर–४ वडासमितिका उपाध्यक्ष मुन्द्रे यादवले तथा सञ्चालन सोही पालिका समितिका सदस्य रामसमारे यादवले गर्नुभएको थियो ।