काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
Advertisement
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी पार्टी सुर्खेतका पूर्वसभापति एवम् जिल्ला विकास समितिका पूर्वसभापति मल्लको ७८ वर्षमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
मल्लको निधनप्रति कांग्रेस सभापति, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।