• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अन्तर्राष्ट्रिय महिला विचारगोष्ठी मङ्सिर ११–१३ गतेसम्म नेपालमै


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय महिला विचारगोष्ठी आगामी मङ्सिर ११–१३ गतेसम्म नेपालमै हुने भएको छ ।

    Advertisement

    नेपालका लागि अन्तर्राष्ट्रिय कोअर्डिनेटर दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ असोज २२ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।

    गत असोज १८ गते नेपाल र बाहिरबाट आएका महिलाहरूको संयुक्त बैठकले विषम परिस्थितिका कारण सो गोष्ठी जर्मनीमा गर्ने ठेगान गरेकोमा आजको बैठकले त्यसभन्दा पहिलेकै निर्णयलाई निरन्तरता दिएको छ ।

    वक्तव्यमा काठमाडौँमा आयोजित तीनदिने कार्यक्रमको रूपरेखा, विभिन्न प्राविधिक विषयबारे जानकारी दिइएको छ ।

    कोअर्डिनेटर पौडेलले नेपालमा यो गोष्ठी हुनु इज्जतको कुरा भएको बताउँदै त्यसलाई सफल पार्न सबैसित अपिल गर्नुभएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “महिलाको अन्तर्राष्ट्रिय विचारगोष्ठी काठमाडौँमा आयोजना गर्नेबारे बारम्बार निर्णयमा परिवर्तन गर्नुपरेकोमा हामी तपाईंहरूसित क्षमाप्रार्थी छौँ । नेपालको राजनीतिक स्थितिमा देखा परेको अनिश्चयताका कारणले नेपालमा अन्तर्राष्ट्रिय महिला गोष्ठी हुन सक्ने वा नसक्नेबारे नेपालका र बाहिरका पनि कैयौँ महिला सङ्गठनको बिचमा धेरैपल्ट गम्भीरतापूर्वक छलफल भयो । अन्तिममा आज बसेको नेपालका विभिन्न महिला सङ्गठनको बैठकले त्यो अन्तर्राष्ट्रिय विचारगोष्ठी नेपालमा नै गर्ने निर्णय गरेको छ । त्यो निर्णय भएकोमा हामीले प्रसन्नता प्रकट गर्न चाहन्छौँ ।

    तपाईंहरूलाई पहिले नै जानकारी गराएअनुसार त्यो अन्तर्राष्ट्रिय विचारगोष्ठीको उद्घाटन मङ्सिर ११ गते काठमाडौँमा हुनेछ । उक्त सेमिनार १३ गतेसम्म सम्पन्न गरिनेछ । उक्त विचारगोष्ठीमा संसारका विभिन्न देशबाट पनि महिला प्रतिनिधि काठमाडौँमा आउनेछन् भने नेपालबाट पनि ठुलो सङ्ख्यामा त्यो विचारगोष्ठीमा सामेल हुनको लागि हामीले विभिन्न महिला सङ्गठन र आम नेपाली महिलासित पनि अपिल गर्दछौँ ।

    ११ गतेको उद्घाटन कार्यक्रममा उपस्थित हुनको लागि हामीले सम्पूर्ण नेपाली महिलालाई आमन्त्रित गर्दछौँ । उद्घाटनको एक दिनको कार्यक्रममा आउने महिलालाई कुनै शुल्क लाग्ने छैन भने विचारगोष्ठीमा भाग लिने महिलाले नेरु २००० (अक्षरेपि दुई हजार) प्रवेश शुल्क दिनुपर्नेछ । विचारगोष्ठीमा सामेल हुने महिलाका लागि बिहानको नास्ता, दिउँसोको खाजा र खानासमेतको व्यवस्था गरिनेछ तर बेलुकाको खाना र सुत्ने व्यवस्था स्वयम्ले बेग्लै गर्नुपर्नेछ । विदेशबाट आउने अतिथि महिलाले पनि बेलुकाको खाना वा सुत्ने होटेल आदिको व्यवस्था स्वयम् गर्नुपर्नेछ ।

    पहिले महिलाको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको थियो । अहिले अन्तर्राष्ट्रिय महिला विचारगोष्ठीको आयोजना पनि काठमाडौँमा हुनु हामी नेपाली महिलाका लागि ठुलो प्रसन्नता र गौरवको पनि विषय हो । त्यसकारण त्यसलाई सम्पन्न पार्न उत्साहपूर्वक प्रयत्न गर्नु हामी सबै नेपालीको कर्तव्य हुन जान्छ ।

    नेपालमा अहिले हुन थालिरहेको अन्तर्राष्ट्रिय महिला विचारगोष्ठीले खालि नेपाली महिलामा मात्र हैन, सम्पूर्ण नेपालको इज्जतको विषय हो । त्यसले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको इज्जत बढाउनेछ । त्यसैले हामीले त्यसलाई सफल पार्न सहयोग गर्न सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा सरकार र प्रशासन समेतसित अनुरोध गर्दछौँ ।

    उक्त अन्तर्राष्ट्रिय विचारगोष्ठीलाई सफल पार्न अन्य देशका महिलाले पनि सकेसम्म आर्थिक सङ्कलन गर्ने प्रयत्न गर्नेछन् । विचारगोष्ठीका लागि हल, सञ्चार र अनुवादको व्यवस्था सूचना तथा विदेशी अतिथि तथा विचारगोष्ठीमा सामेल हुने विदेशी वा नेपाली महिला प्रतिनिधिको सत्कार र अन्य आवश्यक व्यवस्थासमेतको लागि ठुलो धनराशि आवश्यक हुनेछ । त्यसका लागि बढीभन्दा बढी आर्थिक सहयोग जुटाउनसमेत सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछौँ ।”

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.