• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

मनसुन अन्तावधिमा आइपरेको विपत्ति


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क ५ मा प्रकाशित सम्पादकीय

    Advertisement

    नेपालमा जुन १३ देखि अक्टोबर २ अर्थात जेठको अन्तिम हप्तादेखि असोजको दोस्रो हप्तामाझको एक सय २२ दिनको समयलाई मनसुन अवधि मानिन्छ । यस वर्षको मनसुन सामान्यत अक्टोबर २ अर्थात असोज १६ गते वरिपरि समाप्त हुनुपर्दथ्यो । ठिक यही बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिनसम्म अविरल वर्षा हुने मनसुनसम्बन्धी पूर्वानुमान जारी गर्‍यो । पूर्वानुमान गरिएझैँ खासगरी बागमती, मधेस र कोशी प्रदेशमा असोज १८ र १९ गते अविरल वर्षा भयो । कैयौँ जिल्लामा केही घण्टामै तीन सय मिलिमिटरभन्दा बढी वर्षा भयो । त्यसको चपेटामा कोशी प्रदेशको इलामसहितका विभिन्न जिल्ला, मधेस प्रदेशका विभिन्न जिल्ला र बागमती प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरो, डुबान, पहिरोजस्ता विपत्ति आइपरे । यी दुई दिनको वर्षाजन्य विपत्तिबाट हालसम्म ४८ जनाको निधन भइसकेको छ । अझै पनि कैयौँ मानिस बेपत्ता छन् । वर्षा, पहिरो, डुबानबाट कैयौँ राजमार्गमा ठुलो क्षति पुगेको छ । तराईका थुप्रै जिल्ला डुबानमा परेका छन् । इलामलगायत विभिन्न जिल्लामा पहिरो र चट्याङबाट दर्जनौँको ज्यान गइसकेको छ । पशुचौपायासहित धनको नोक्सानीको त मूल्याङ्कन हुनै बाँकी छ ।

    सामान्यतः असोज लागेपछि मनसुन कमजोर बन्ने अपेक्षा गरिन्छ । तर यसपटक मनसुन समाप्त हुने समयमा नै झनै अविरल वर्षा पर्‍यो । यस्तो किन भइरहेको छ ? गत केही वर्षयता नेपालमा मात्रै नभएर विश्वभरि नै अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टि, आगलागी, भीषण गर्मी, सुनामी, सुख्खा पहिरो, हिमपहिरो, खडेरीजस्ता परिघटना बढ्दै गएका छन् । यस्ता प्राकृतिक विपत्ति खालि नेपालमा मात्रै नभएर विश्वभरि हुने गरेका छन् । अहिलेको अविरल वर्षा नेपालमा मात्रै नभएर भारतको बिहार, बङ्गाललगायत विभिन्न भागमा भएको थियो । त्यहाँ पनि यसले ठुलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ ।

    प्राकृतिक विपत्तिलाई पूर्णतः रोक्न सकिन्न तर त्यसलाई नियन्त्रण वा न्यूनीकरण गर्न सकिन्छ । अहिले प्रकृतिमा जुन खालका अस्वाभाविक परिघटना देखा पर्न थालिरहेका छन्, त्यसका पछाडिको कारण जलवायु परिवर्तन हो भन्ने स्पष्टै छ । खासगरी मानवनिर्मित तापक्रम वृद्धिले गर्दा जलवायु परिवर्तन भइरहेको छ । त्यसले पृथ्वीको वायुमण्डलमा ओजोन तह पातलो हुँदै गएको छ भने तापक्रम वृष्टिले माथि उल्लिखित विभिन्न प्राकृतिक विपत्ति निम्त्याइरहेको छ । यसलाई कसरी रोक्ने ?

    प्राकृतिक विपत्ति रोक्ने तात्कालिक र दीर्घकालीन दुई प्रकारका उपाय छन् । तात्कालिक उपाय भनेको क्षति न्यूनीकरण हो । त्यसका लागि आधुनिक वैज्ञानिक उपकरण र विधिको उपयोग गरेर सकेसम्म क्षति कम गर्ने हो अर्थात् बिपत् प्रतिकार्य । यो कार्य सम्पन्न गर्नका लागि सरकार र समाज दुवै संवेदनशील र सक्रिय हुनुपर्दछ । दोस्रो उपाय भनेको दीर्घकालीन उपाय हो । त्यसका लागि पृथ्वीको तापक्रम सन्तुलनमा ल्याउनुपर्ने हुन्छ । पछिल्लो केही दशकयता जसरी मानवनिर्मित तापक्रमले गर्दा पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ, त्यसलाई घटाउँदै लैजानुपर्दछ र पृथ्वीको प्राकृतिक अवस्था पूर्ववत् कायम गरिनुपर्दछ । त्यसका लागि एकातिर वनजङ्गलको विनाशलाई रोक्नुपर्ने हुन्छ भने अर्कोतर्फ, औद्योगिक क्रियाकलापद्वारा पृथ्वीको प्राकृतिक अस्तित्वमाथि आँच पुर्‍याउने कामलाई तत्कालै रोक्नुपर्दछ । खासगरी औद्योगिक प्रदूषणलाई नियन्त्रण गर्नमा ध्यान पुर्‍याउनुपर्दछ ।

    विश्वभरिका साम्राज्यवादी शक्तिले बेलगाम मुनाफाप्राप्तिको दौडमा पृथ्वीको अप्राकृतिक दोहन गरिरहेका छन् । उनीहरूको यस्तो प्रवृत्तिले उनीहरूलाई प्रशस्त मुनाफा प्राप्त भइरहेको छ तर त्यसको विपत्ति संसारभरिका निर्दोष र निरपराध जनताले भोगिरहेका छन् । अहिले हामीले भोगिरहेको विपत्ति पनि साम्राज्यवादीको त्यस्तै क्रियाकलापको प्रतिक्रिया हो । त्यसैले हामीले विश्व साम्राज्यवादले प्रकृतिको जुन अप्राकृतिक दोहन गरिरहेको छ, त्यसको विरुद्ध सशक्त र विश्वव्यापी आवाज उठाउनु अपरिहार्य भइसकेको छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.