काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध जाहेरी दिँदैछ ।
Advertisement
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङ विरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको हो ।
महासचिव दीपक धामीले भने– ‘सार्वजनिक सम्पत्ति अड्डाअदालत, प्रहरीचौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन्छौँ ।’
असोज २२ गतेदेखि जिल्ला जिल्लामा जाहेरी दिने उनले बताए । ‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौँ’ उनले भने ।
यसअघि असोज २१ गते मङ्गलबार अखिलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन गएको थियो तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।