• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘कोरोना भगाउन नेकपा नेताहरुले लगाएको जन्तर स्वास्थ्यका लागि खतरनाक’


  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना संक्रमण रोक्न/नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।

    Advertisement

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भिर असर गर्ने बताउनुभयो । उहाँले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गर्नुभयो । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेका छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागि नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया सुरु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन् । यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन् । यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन् होला । यस्ता विधिहरु प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ ।’

    संकटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवशर फर्खिने गरेको उहाँले बताउनुभयो । भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

    नेकपा स्थायी समिति सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ ।

    यता, कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ । कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हाल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताउनुभयो ।

    उहाँले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले विक्री वितरण गरेको स्पस्ट पार्नुभयो । उहाँले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफुलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै विक्री वितरण गरिएको बताउनुभयो । अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको केसीले स्पस्ट पार्नुभयो ।

    जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पार्नुभयो । उहाँले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताउनुभयो ।

    आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उहाँले स्पस्ट पार्नुभयो । उहाँले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताउनुभयो । केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पस्ट पार्नुभयो । उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उहाँले बताउनुभयो ।

    उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताउनुभयो । बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताउनुभयो ।

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.