• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पाँचौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा छ : बुढाथोकी (भिडियो अन्तर्वार्ता)


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले पाँचौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियालाई २०८२ असोज २१ गते मङ्गलबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो जानकारी दिनुभएको हो ।

    अहिलेको विषम परिस्थितिमा महाधिवेशन सम्पन्न हुन्छ कि हुन्न भन्ने जिज्ञासामा उहाँले महाधिवेशनको कार्यक्रम पहिले नै ठेगान भएको जानकारी दिनुभयो ।

    ‘एकातिर जेनजी आन्दोलन, अर्कातिर बाढीपहिरोका कारणले महाधिवेशन के हुन्छ भन्ने जिज्ञासा थियो’ उहाँले भन्नुभयो– ‘अहिले तयारी अगाडि बढेको छ । कतिपय जिल्लामा अधिवेशन भएका छन् । कतिपय स्थानमा हुँदैछन् । अधिवेशन सम्पन्न हुन नसकेका जिल्लाबाट बैठक गरेर भए पनि प्रतिनिधि आउने सल्लाह भएको छ ।’

    उहाँले भन्नुभयो– ‘चितवनमा आगामी असोज २६ देखि २८ गतेसम्म हुने पाँचौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।’

    उहाँले पहिले दुई सय ५० जना प्रतिनिधि उपस्थिति बनाउने लक्ष्य राखिएको भए पनि अहिलेको विषम परिस्थितिमा करिब ३२ जिल्लाका एक सय पचासजति प्रतिनिधि उपस्थिति हुने जानकारी दिनुभयो ।

    अध्यक्ष बुढाथोकीले तीन दिनको कार्यक्रममध्ये पहिलो दिन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्ने, दोस्रो दिन बन्दसत्र र तेस्रो दिन समापन कार्यक्रम रहेको बताउनुभयो ।

    जनजाति सम्मेलन नै प्रतिनिधि सङ्गठन

    अन्तर्वार्ताको क्रममा उहाँले जनजाति सम्मेलन नै नेपालमा आदिवासी जनजातिका प्रतिनिधि सङ्गठन रहेको बताउनुभयो ।

    ‘नेपालमा अरू पनि थुपै्र आदिवासी जनजाति सङ्गठन छन् तर उनीहरूले जातिवादी कुरा गर्दछन्’ उहाँले भन्नुभयो– ‘हाम्रो सङ्गठनले नै आदिवासी जनजातिका समस्याको वास्तविक समाधान दिन्छ ।’

    उहाँले नेपालका आदिवासी जनजातिमा एकातिर जातिवादी विचारको असर र अर्कोतिर राजनीतिक सचेतनाको अभावजस्ता समस्या रहेको बताउनुभयो ।

    अन्तरिम सरकारको प्रस्ताव गलत

    जेनजी भित्रबाट कतिपयले हालको संविधानलाई खारेज गरी अन्तरिम संविधान बनाउन अगाडि सारिएको प्रसङ्गलाई उहाँले गलत बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अन्तरिम संविधान बनाउने जेनजीको विचार गलत हुन्छ ।’

    अध्यक्ष बुढाथोकीले २०४७ सालको संविधानले भन्दा २०७२ सालको संविधानले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता व्यवस्था ग्यारेन्टी गरेकाले यसको सट्टा अन्तरिम संविधानको कुरा गलत हुने बताउनुभयो ।

    यी सबैका लागि लगातार सङ्घर्ष गरेको स्मरण गर्दै उहाँले यसमाथि टेकेर अगाडि बढ्ने बताउनुभयो ।

    ‘हामीले लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशिताका लागि लामो समयदेखि सङ्घर्ष गरेका थियौँ । त्यो माग पूरा भएको छ’ उहाँले भन्नुभयो– ‘तर यति मात्रै पर्याप्त छैनन्, यसमाथि टेकेर थप उपलब्धि प्राप्त गर्न अगाडि बढ्ने हो ।’

    चितवन महाधिवेशनमा प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गर्दै प्राप्त उपलब्धिको रक्षा पनि एउटा विषय भएको उहाँले जानकारी दिनुनभयो ।

    सङ्घीयता आवश्यक छैन

    जेनजी आन्दोलनमा सङ्घीयता खारेजीको विषय उठेकोमा उहाँले त्यसलाई समर्थन गर्नुभयो ।

    ‘यति सानो देश, पिछडिएको अर्थतन्त्र, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालमा सङ्घीयता आवश्यक छैन भनेर हामीले आवाज उठाउँदै आइरहेका छौँ’ अध्यक्ष बुढाथोकीले भन्नुभयो ।

    उहाँले ठुलो आकारको, अर्थतन्त्र सुदृढ भएको मुलुक र थोरै जाति भएको देशमा भने सङ्घीयता उचित व्यवस्था हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

    मन्त्री पुनका सकारात्मक कामको स्वागत

    अहिलेको मन्त्रिमण्डलमा डा. महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो ।

    ‘उहाँ स्वतन्त्र बुद्धिजीवीको तर्फबाट मन्त्री बन्नुभएको छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि जनजातिबाट एक जना मन्त्री बनेकोमा खुसी लागेको छ ।’

    उहाँले मन्त्री पुनका राम्रा कामको आफूहरूले समर्थन गर्ने बताउनुभयो ।

    शिक्षा क्षेत्रमा उहाँले घोषणा गरेका केही काम राम्रा भएको बताउँदै बुढाथोकीले भन्नुभयो– ‘तर मुख्य कुरा कार्यान्वयनको हो । ब्युरोक्रेसीले उहाँका निर्णयलाई कार्यान्वयन गर्छन् कि गर्दैैनन् ? त्यो मुख्य कुरा हो ।’

    राष्ट्रपतीय प्रणाली गलत

    जेनजी पुस्ताका कतिपयले नेपालमा राष्ट्रपतीय प्रणालीको माग गरेकोमा उहाँले त्यसलाई गलत बताउनुभयो ।

    ‘अमेरिकामा राष्ट्रपतीय प्रणाली छ तर त्यहाँ डोनाल्ड ट्रम्पले तानाशाही शासन चलाइरहेका छन्’ अध्यक्ष बुढाथोकीले भन्नुभयो– ‘राष्ट्रपतीय प्रणालीमा पनि निरङ्कुशता हुन्छ । प्रधानमन्त्रीय प्रणालीमा बरु निरङ्कुश प्रधानमन्त्रीलाई हटाउन सकिन्छ ।’

    उहाँले नेपालको सन्दर्भमा प्रधानमन्त्रीय प्रणाली नै सही शासन प्रणाली भएको उहाँको दाबी थियो ।

    चुनावको प्रसङ्ग

    आगामी फागुन २१ गते कार्की सरकारले चुनाव घोषणा गरेकोमा अध्यक्ष बुढाथोकीले त्यति मात्रै काफी नभएर चुनावी वातावरण बनाउन लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘भोट माग्ने, चुनाव प्रचारप्रसार गर्ने वातावरण बन्नुपर्‍यो । दलहरू खुलेर बाहिर आउने वातावरण बन्नुपर्‍यो’ उहाँको भनाइ थियो ।

    निर्वाचन कार्यतालिका आए पनि राजनीतिक दललाई बाइपास गरिएमा चुनाव हुन नसक्ने उहाँको भनाइ थियो ।

    उहाँले तत्कालै सर्वदलीय बैठक बसालेर सुरक्षालगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव सरकारलाई दिनुभयो ।

    जेनजी आन्दोलनमा विदेशी प्रभाव

    देशमा भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन, बेथिती कायम रहेकै कारण जनअसन्तोषको रूपमा जेनजी आन्दोलन जन्मिएको उहाँको भनाइ थियो ।

    त्यसका साथै यसमा विदेशी शक्तिकेन्द्रको हात हुन सक्ने अनुमान उहाँले व्यक्त गर्नुभयो ।

    ‘एमसिसी पारित भइसकेपछि साम्राज्यवादी शक्तिले पुराना दलका तेस्रो/चौथो लेयरका नेतालाई उपयोग गर्न खोजे’ उहाँले भन्नुभयो ।

    जेनजी पुस्ताले मात्रै भदौ २३ र २४ गतेको आन्दोलन सञ्चालन गर्न नसक्ने उहाँको धारणा थियो ।

    पुराना पार्टीका नेताहरू ठिक नभएको बताउँदै उहाँले लोकतन्त्र र राजनीतिक दल नै खराब हुन् भन्ने धारणा पनि सही नभएको बताउनुभयो ।

    (भिडियो अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल  https://www.youtube.com/watch?v=Jo7KTbSrKeYवाच गर्नुहोला)

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.