काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले चित्र बहादुर केसीको भनाई र राजनीतिक आजको यथार्थ भएको बताएका छन् । पुनले केसीले २०८१ साउन १६ संसदमा बोलेको भिडियो शेयर गर्दै सो धारणा फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
मन्त्री पुनले आइतबार असौज १९ गते आफ्नो फेसबुक वालमा एउटा स्टाटस लेखेका छन्– ‘उहाँ बृद्ध सासंदले बोलेको एक कानले सुनेर अर्को कानले उडाई दिएको परिणाम अहिलेको जेन जी आन्दोलन हो ।’
संसदमा राजमो अध्यक्ष केसीले ठूला राजनीतिक दलहरूले विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो पदको दूरुपयोग गर्नेहरूको बारेमा उजागार गरेको विषयलाई पनि मन्त्री पुनले आफ्नो स्टाटसमा लेखेका छन् ।
“उहाँ बृद्ध नेताज्यूले एकदम सहि भन्नुभएको रहेछ विघटन भएको संसदमा । भ्रष्टाचारको पनि टाउको हुन्छ र भ्रष्टाचारलाई मौलाउन दिने टाउकेहरू नै हुन् । कसैलाई मन्त्री बन्न, सांसद, बन्न, कार्यालय प्रमुख बन्न, पालिकाको मेयर/अध्यक्ष वन्न, ठुलो ठेक्का पट्टा पार्न पापी दलालहरू र भ्रष्ट सल्लाहकारहरूको माध्यमबाट करोडौँ करोड असुल्ने प्रथालाई रोक्नुको सट्टा झनै प्रोत्साहन दिएकोले भ्रष्टाचार बढेको हो । उहाँ बृद्ध सासंदले बोलेको एक कानले सुनेर अर्को कानले उडाई दिएको परिणाम अहिलेको जेन जी आन्दोलन हो ।”