काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल नेतृत्व छाड्न दबाब बढेको छ ।
Advertisement
पार्टीको नेपाल बौद्धिक परिषद्ले ओलीलाई महाधिवेशनअघि नै पार्टीको सत्ता छाड्न आग्रह गरेको हो । असोज २ गते परिषदले तीन पृष्ठ लामो सुझाव पत्रमा बुझाउँदै ओलीलाई महाधिवेशन नकुरी नेतृत्व छोड्न सुझाव दिएको हो ।
असोज १ गते बसेको बौद्धिक परिषद सचिवालय बैठकले वर्तमान परिस्थितिमाथि समीक्षा गरी पार्टी नेतृत्वलाई बुझाएको सुझावमा उल्लेख छ ।
परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरी महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिएको उक्त पत्रमा ओलीले महाधिवेशन समेत कुर्न नहुने उल्लेख छ।
सुझाव पत्रमा उल्लेख छ :


