काठमाडौं । नेपालमा कोेरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएपछि मृतकको संख्या २८ पुगेको हो ।
Advertisement
भतरपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्याइएको थियो । उनको शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।
सूचना अधिकारी पौडेलका अनुसार उनी कैलालीको गोदावरी नगरपालिका–७ का बासिन्दा थिए ।

