केरसिंह अदै
तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगर पालिका ११ को मर्जातपुरमा जन भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जगै कोरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदैको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अदैले विजया दशमी, शुभदिपावली तथा छठपर्व २०८२ सालको पावन अवसरमा शुभ कामना मन्तव्य दिनुभएको थियो । धनी वर्गको देखासिखी नगरी सरल तरिकाले मनाउन जेछ त्यसैमा रमाउन पर्दछमा अदैले जोड दिनु भयो ।
अदैले देशको वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चाको संघर्षमय इतिहासको बारेमा पनि प्रकाश पर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य रामबहादुर चमारले पनि मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा जगई कोरीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा मार्जतपुर गाउँ कमिटी गठन गरिएको छ । जसमाः उपाध्यक्ष– लक्ष्मी कोरी, सचिव– हेमन्त कुमार यादव, सहसचिव– बालिसी कोरी, कोषाध्यक्ष– मिना कोरी, सदस्यहरूमा अर्न जी कोहर, सन्त नारायण कुर्मी, लीलावती कुर्मी, सावित्री कोरी, गुर्मावती कुर्मी र अयोध्या कोरी रहनु भएको छ ।
नयाँ समितिले सदस्यता लिनुको साथै मंसिरमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रममा २७ जना विभिन्न पार्टीका समर्थकहरूले राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका छन्, राजमो सचिव अदैले सबैलाई राजमाको सदस्यता प्रदान गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन हेमन्त कुमार यादवले गर्नुभएको थियो ।