• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

२०४६ सालयता होइन, २०१७ सालयताका भ्रष्टाचार छानबिन गर्न मसालको माग


  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले २०४६ सालयता होइन, २०१७ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिका सम्पत्ति र भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असोज १४ गते मङ्गलबार प्रेसवक्तव्य सार्वजनिक गर्दै मसालले सो माग गरेको हो ।

    भ्रष्टाचारको छानबिनसम्बन्धी जेनजीको मागमा आफूहरूको समर्थन रहेको बताउँदै मसालले २०१७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति र भ्रष्टाचारको छानबिन गरेपछि नै भ्रष्टाचारको यथार्थ तस्बिर देशको अगाडि आउने मसालको दाबी छ ।

    जेनजी आन्दोलनका दोषीलाई कडा कारबाही गरिनुपर्ने सन्दर्भमा पार्टीले हालै गृहमन्त्रालयले तत्कालका लागि छानबिन रोक्का गर्ने परिपत्रको विरोध गरेको छ ।

    जेनजी आन्दोलनसित सम्बन्धित विभिन्न पक्ष, सेनाको भूमिका, काठमाडौँ महानगरपालिकाको भूमिकालगायत विभिन्न विषयमा १६ ओटा बुँदामा पार्टीको धारणा व्यक्त गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रीय कार्यालयको बैठक २०८२ असोज १४ गते बस्यो । बैठकले अहिलेको देशको राजनीतिक स्थितिमा अन्तरिम सरकारको निम्नलिखित विषयमा गम्भीर ध्यान आकर्षित गर्ने निर्णय गरेको छ ।

    १. यही २०८२ भदौ २३ गते जेनजीको आन्दोलनका क्रममा भएको ठुलो पैमानाको गोली प्रहार र हत्यालाई नेकपा (मसाल) ले गम्भीरतापूर्वक लिएको छ । त्यस प्रकारको दमनका लागि जिम्मेवार व्यक्तिमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    २. पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ गतेको गोलीकाण्डमा उनले दिएको आदेशभन्दा बेग्लै अन्य तत्त्वबाट अनधिकृत प्रकारले गोली हानिएको भन्ने दाबी गरेका छन् । त्यसबारे पनि हामीले निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गर्दछौँ ।

    ३. जेनजी आन्दोलनका दौरानमा कतिपय विदेशी तत्त्वको घुसपैठ भएको भन्ने कुरा पनि गम्भीर रूपमा उठिरहेको छ । त्यसबारे पनि निष्पक्ष र उच्चस्तरीय छानबिनको लागि हामीले माग गर्दछौँ ।

    ४. गृहमन्त्रालयले भदौ २४ को ध्वंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिलाई त्यसको छानबिनका लागि बनेको आयोगबाट सिफारिस नआउँदासम्म कुनै कारबाही नगर्ने जुन निर्देशन दिएको छ, त्यसलाई हामीले गलत मान्दछौँ । त्यो अवस्थामा उक्त अपराधजन्य गतिविधिका लागि जिम्मेवार व्यक्तिलाई उम्कने अवसर प्राप्त हुनेछ र त्यस सन्दर्भमा गिरफ्तार भएका कैयन् व्यक्ति थुनामुक्त भइसकेको भन्ने समाचार पनि प्राप्त भएको छ । त्यसैले हामीले गृहमन्त्रालयको उक्त निर्देशनलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।

    ५. जेनजी आन्दोलनको एउटा मुख्य माग भ्रष्टाचारबारे छानबिन र त्यसबारे कडा कारबाही रहेको छ । यो आम रूपमा थाहा भएको कुरा हो कि राजनीतिक वृत्तका साथै प्रशासनयन्त्रमा पनि पहिलेदेखि नै व्यापक भ्रष्टाचार हुने गरेको छ । त्यसबारे वर्तमान सरकारले कहाँसम्म प्रभावशाली प्रकारले कारबाही गर्न सक्नेछ, त्यसमा नै वर्तमान सरकारको सफलता निर्भर रहनेछ ।

    ६. अहिले २०४६ सालदेखि यताका सरकारी वा सार्वजनिक पदमा भएका मानिसको सम्पत्ति र भ्रष्टाचारको छानबिन गर्ने कुरा उठिरहेको छ तर त्यति मात्र पर्याप्त हुने छैन । २०१७ सालदेखि नै सरकारी वा सार्वजनिक पदमा भएका मानिसको सम्पत्ति र उनीहरूले गरेको भ्रष्टाचारको छानबिन गरेपछि मात्र भ्रष्टाचारको वास्तविक चित्र अगाडि आउनेछ ।

    ७. जेनजीका युवाले पुराना पुस्ता वा राजनीतिज्ञलाई पूरै बहिष्कार गर्ने आवाज उठाइरहेका छन् तर जेनजी आन्दोलनपछि सत्तामा आएका सबै व्यक्ति पुराना पुस्ताका मानिस नै रहेका छन् । त्यसबाट कुनै पनि राजनीतिक जिम्मेवारीका लागि राजनीतिक परिपक्वता, क्षमता र अनुभवको आवश्यकता हुन्छ भन्ने कुरा पुन: सावित भएको छ । त्यो कुरा सम्पूर्ण विश्वको अनुभवबाट प्रमाणित हुँदै आएको छ र नेपालको जेनजी आन्दोलनपछिको प्रयोगबाट पनि त्यो कुरा प्रष्ट भएको छ ।

    ८. जेनजी आन्दोलनका दौरानमा भएको घुसपैठ अपराधजन्य कार्य र ध्वंसात्मक कारबाही जेनजी युवाद्वारा भएका छैनन् भन्ने नै हाम्रो धारणा छ तर ती सबै कार्य जेनजी आन्दोलनको नाममा नै भएका थिए । उनीहरू त्यस प्रकारका ध्वंसात्मक कार्यलाई रोक्न सफल नभएको तथ्यबाट आवश्यक अनुभव, परिपक्वता वा नेतृत्वदायी क्षमता नभएका जेनजी पुस्ताबाट कुनै ठुलो आन्दोलन वा राजनीतिक जिम्मेवारी पूरा गर्नु सम्भव हुँदैन भन्ने कुरा व्यवहारले नै प्रमाणित गरेको छ ।

    ९. उमेरका दृष्टिकोणले परिपक्व भएको कारणले मात्र नै कुनै व्यक्ति राजनीतिक नेतृत्वको लागि योग्य हुँदैन भन्ने कुरा नेपालका पुराना राजनीतिक नेताहरूको शासनकालमा देशमा भएको भ्रष्टाचार र कुशासनबाट अव्यवस्था पनि प्रष्ट भएको छ । त्यसकारण उमेर कसैको क्षमता वा राजनीति परिपक्वताको कसौटी हुन सक्दैन वा हुनुहुँदैन र उसमा देश र जनताप्रतिको सेवाभाव, देशभक्ति र इमानदारिता नै कस्तो छ ? त्यसका आधारमा नै कोही राजनीतिक नेतृत्वको लागि योग्य छ वा छैन ? त्यो कुरा निर्णयात्मक हुनुपर्दछ ।

    १०. आखिरमा जनता नै कुनै पनि देशको भाग्यविधाता हुन् । त्यही प्रकारले नयाँ पुस्ताको पनि कुनै देशको भाग्यको निर्धारणमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ तर विश्वको र नेपालको पनि इतिहासले बारम्बार यो बताउँदै आएको छ कि जनता वा नयाँ पुस्ताले सही र गलत राजनीतिमा अन्तर गर्न सकेनन् वा उनीहरू एक वा अर्को प्रकारको गलत राजनीतिको असरमा परे भने देश बर्बादीतिर नै जान्छ । भदौ २४ गतेको घटनाबाट पनि त्यो कुरा प्रक्ष्ट भएको छ । सम्पूर्ण जनता वा युवा पुस्ताले भदौ २४ गतेको घटनाबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता छ ।

    ११. हाम्रो यो स्पष्ट मत रहेको छ कि भदौ २४ गते देशव्यापी रूपमा भएका विध्वंसात्मक कार्य युवा पुस्ताबाट अवश्य पनि गरिएका थिएनन् तैपनि ती कार्यहरू जेनजी आन्दोलनका नाममा नै भएका थिए । त्यसकारण युवा पुस्ताले यो पत्ता लगाउने प्रयत्न गर्नुपर्दछ : त्यस प्रकारका ध्वंसात्मक कार्यका पछाडि को थिए वा ती कार्यका पछाडि कसले नेतृत्व गरेको थियो ? कसले योजना बनाएको थियो ? वर्तमानका लागि मात्र होइन, भविष्यमा पनि देशलाई सबै प्रकारका दुर्दशाबाट बचाउनको लागि त्यसबारे स्पष्टताको आवश्यक छ ।

    १२. युवा पुस्ताको जोस र उत्साहप्रति उच्च प्रकारको सम्मान प्रकट गर्दागर्दै पनि जुन देशीय वा विदेशी तत्त्वले भदौ २४ को आन्दोलनमा विध्वंसात्मक भूमिका खेले, उनीहरूका विरुद्ध उच्च प्रकारको चेतना र सम्झौताहीन सङ्घर्षको आवश्यकताप्रति नेकपा (मसाल) विशेष जोड दिन्छ ।

    १३. सेनाले स्थितिमाथि नियन्त्रण गरेपछि भाद्र २५ गतेदेखि ध्वंसात्मक गतिविधि रोकिएका थिए तर त्यस सन्दर्भमा यो अनुमान गर्नका लागि आधार छ कि सेनाले त्यही प्रकारले ध्यान दिएको भए २४ गतेको राजधानी र देशव्यापी रूपमा भएका ध्वंसात्मक कार्यलाई पनि रोक्न सकिन्थ्यो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन आदिसमेत नष्ट हुनबाट बचाउन सकिन्थ्यो । त्यसप्रति सेनाले किन ध्यान दिएन वा किन कुनै प्रयत्न गरेन ? त्यो एउटा गम्भीर प्रश्न हो ।

    १४. त्यो दिन काठमाडौँ महानगरपालिकाका तर्फबाट आगो निभाउन दमकल किन पठाइएन ? काठमाडौँ महानगरपालिकाले त्यसको पनि जवाफ दिनुपर्नेछ ।

    १५. देशमा भ्रष्टाचार वा कुशासनका लागि जिम्मेवार व्यक्तिको सम्पत्तिको छानबिन गरेर उनीहरूमाथि कारबाही गर्नुपर्दछ भन्ने हाम्रो पहिलेदेखि नै मत रहँदै आएको छ र अहिले पनि त्यो मतमा हामी दृढ छौँ । जेनजी पुस्ताको पनि त्यो एउटा मुख्य माग थियो तर भ्रष्टाचारको विरुद्ध कारबाही गर्ने नाममा कतिपय व्यक्तिमाथि कुटपिट गर्ने, घरमा आगो लगाइदिने वा तोडफोड गर्नेजस्ता जुन कार्य गरियो, ती गैरकानुनी कार्य हुन् र त्यस प्रकारका अपराधजन्य कार्यको हामीले कडा शब्दमा विरोध र भत्र्सना गर्दै त्यस्ता कारबाहीका लागि जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडा सजाय गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    १६. नेपालको अहिलेको राजनीतिक घटनाक्रमका पछाडि मुख्य भूमिका जेनजी युवाको भए पनि त्यसलाई आफ्ना निहित स्वार्थका पक्षमा प्रयोग गर्न अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र राजावादीको भूमिकाले पनि काम गरेको वास्तविकताप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आउने दिनमा पनि उनीहरूले अहिलेको घटनाक्रम र राजनीतिक अस्थिरतालाई आफ्ना स्वार्थका पक्षमा उपयोग गर्ने प्रयत्न गरिरहनेछन् । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमसत्ता तथा गणतन्त्र र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना रहन्छ । त्यसैले नेकपा (मसाल) ले त्यस प्रकारका सबै सम्भावनाप्रति नेपाली जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छ ।”

    मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.