काठमाडौँ । तलब पाइन भनेर मधेशबाट मात्रै एक दिनमा ५०० बढि फोन कल आएको शिक्षामन्त्री महाबीर पुनले बताएका छन् ।
Advertisement
आज सोमबार फेसबुक वालमा स्टाटस लेखेर शिक्षकहरूले आफूलाई गरेको गुनासो सार्वजनिक गरेका हुन् । शिक्षामन्त्रीले पुनले बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गरेको र सो बेथितिको समाधानको उपाय खोज्दै गरेको बताएका छन् ।
मन्त्री पुनले लेखेका छन् :
“तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ । बर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो। शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु।”