काठमाडौँ । पार्टी एकताका लागि गठन गरेको कार्यदल र लिइएका आधारबारे एकीकृत समाजवादीमा मतभेद देखिएको छ ।
Advertisement
पार्टी एकताका लागि कार्यदल र जारी अपानिप्रति पोलिटब्युरो सदस्य एवम् प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले फरक मत राख्दै तत्काल केन्द्रीय कमिटी बैठकको माग गरेका छन् ।
पार्टी एकता जस्तो महत्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरी नउठाउन अर्यालको माग छ । उनले एकताका आधारहरू पार्टी सचिवालयले नभई पार्टी केन्द्रीय कमिटीले निर्माण गर्नुपर्ने बताएका छन् ।