धनगढी । राष्ट्रिय जनमोर्चाले कैलाली जिल्लाको धनगगढी उपमहानगरपालिकाको कैलालीगाउँमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
वामपन्थी नेता आरसी भट्टको प्रमुख आतिथ्यमा २०८२ असोज ११ गते शनिबार बिहान सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टले जेनजी आन्दोलन, संसद्बाहिरबाट प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटनलगायतका समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, जनजाति सम्मेलनका नेता खडक रानाथारूले आगामी असोज २६ देखि २८ गतेसम्म चितवनमा आयोजित अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।
राजमो धनगढी नगर समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) कैलालीका अध्यक्ष चन्द्रबहादुर विष्ट लगायत ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।