काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।
Advertisement
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।
साम्पाङले जेनजी आन्दोलनका माग र मर्मअनुसार सरकार काम गर्न असफल भएको दाबी गर्दै कार्कीलाई आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै पद छोड्न भनेका हुन्। स्टाटसमा उनले आफूले मागहरू एक-एक गरेर पूरा गर्नेसमेत बताएका छन् ।
साम्पाङले लेखेका छन् “सुशीला जी, तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग पूरा, एक–एक गरेर।”