काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गतेको घटनाबारे खुलासा गर्दै आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने ‘योजना’ रहेको बताएका थिए । ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा सो सनसनीपूर्ण खुलासा गरेको समाचार मकालु खबरमा प्रकाशित भएको छ ।
अध्यक्ष ओलीका अनुसार, यदि उनी बालुवाटारबाट पाँच मिनेट मात्रै ढिला निस्केका भए, ‘मार्ने नै थिए ’ उनले थपे, ‘शेरबहादुरजीलाई घाइते बनाउने र मला ई मार्ने खालकै योजना थियो ।’
ओलीले आफूले यस्तो ‘हठात् सत्ता नै पल्टाउने’ घटनाको तयारी गर्न समेत नपाएको बताए । ‘मैले आफ्नो तयारी पनि गर्न पाइनँ’ उनले भने । सुरक्षा संयन्त्रमाथि भरोसा भए पनि प्रदर्शन चर्किंदै गएपछि उनीहरूले केही गर्न नसक्ने बताएको ओलीको भनाइ छ । ‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो ।’