काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर जेनजीहरूको मागलाई सम्बोधन नगरेसम्म र राष्ट्रपति कार्यकारी प्रमुख नभएसम्म चुनाब गर्न नहुने बताएका छन् ।
भट्टराईले २०८२ असौज ९ गते पत्रकारहरूसँगको भेटघाटका दौरामा आफु र आफ्नो पार्टीको अवधारणा राख्दै सो अभिव्यक्ति दिएका हुन् ।
‘जेनजी आन्दोलन विदेशी शक्तिद्वारा प्रायोजित भएको भन्ने हल्ला फिजाउने प्रयत्नमा एमाले, काँग्रेस, माओवादी लागेको छ ।’ भट्टराईले भने– ‘यो आन्दोलन कुनै विदेशीद्वारा प्रायोजित थिएन, केवल हल्ला फैलाएर पुनः आफुहरूलाई स्थापित गर्न, पानी धुमिल्याएर माछा मार्ने कोशिस हो ।’
जेनजीहरूको भावनालाई सम्बोधन गर्दै आफूले पार्टीको अध्यक्षबाट राजीनामा दिएको भट्टराईको भनाई थियो । अब बन्ने सरकार वैकल्पिक राजनीतिक शक्तिहरू अगाडि आउनुपर्ने भट्टराईको थप भनाई थियो ।
भट्टराईले प्रधानमन्त्री बनेको सयममा जातिवादलाई समर्थन गरेका थिए भने, पछिल्लो चुनावसम्म आइपुग्दा उनले क्षेत्रीयतावादी दलहरूलाई समर्थन गरेका थिए । उृनले अहिले जेनजी आन्दोलनकारीहरूलाई समर्थन गर्दै आफूलाई कुन प्रकारको राजनीतिज्ञ प्रस्तुत गर्न चाहँदै छन्, त्यो भविष्यले नै प्रमाणित गर्ला । अहिले उनले कार्यकारी प्रमुख राष्ट्रपतिको विषयलाई अगाडि सारेर देशको सेवा गर्ने छन् कि अरु कसैको त्यो पनि भविष्यले नै प्रमाणित गर्नेछ ।