विजुवार (प्यूठान) । तत्कालीन बाँदीकोट गाविसका उपाध्यक्ष का. दण्ड बहादुर खत्रीको ८५ वर्षको उमेरमा निधन भएको छ । खत्रीको २०८२ असौज ५ गते आइतबारका दिन निधन भएको राजमो जिल्ला समितिका अध्यक्ष ज्ञामुराम न्यौँपानेले जानकारी दिनुभएको छ ।
Advertisement
खत्रीले शिक्षक हुँदै बलभद्र माविको प्रअ र वार्ड सचिवको समेत जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँले अखिल नेपाल किसान संघको केन्द्रीय समितिमा रहेर लामो समयसम्म किसानको पक्षमा आवाज उठाउनु भएको थियो । उहाँको नेपालको वामपन्थी आन्दोलनमा सिंगो जीवन समर्पित थियो ।
१० दिन लामो संघीयता विरोधी काठमाडौँ केन्द्रीत आन्दोलन २०६८ मा उहाँले नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । दिवङ्गत खत्रीका दुईभाई छोराहरु जित बहादुर खत्री, खिम बहादुर खत्री रहनुभएको छ ।
पार्टी कार्यकर्ता तथा समाजसेवी खत्रीको जन्म १९९७ माघ २८ गते भएको थियो ।
