काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन—जी आन्दोलनमा पार्टीको सहभागिता रहेको बताएका छन् । तर झाँका अनुसार सो पार्टी छानविनको दायराबाट पन्छिने कोशिसमा रहेको बुझिएको छ ।
पार्टी केन्द्रीय कार्यलयमा असौज ७ गते मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाले पार्टीका नेता कार्यकर्ताहरूको आन्दोलनमा सहभागी भएको बताएका हुन्।
पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ थियो । झाले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्ति शिखालगायतका केन्द्रीय सदस्यहरूको आन्दोलनमा सक्रिय भूमिका रहेको बताए ।
तुलनात्मक रुपमा जेन–जी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएको उनको दाबी छ । उनले भने, ‘हाम्रो पार्टीमा जेन–जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन–जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरू पनि जानुभएको थियो। केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्ति शिखालगायतका केन्द्रीय सदस्यहरू, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर, हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाई हो भनेर दाबी गरेका थिएनौँ ।’
आन्दोलनमा पार्टीको सहभागिता रहे पनि २४ गतेको घटनामा भने सहभागिता नरहेको झाको भनाई थियो । आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको उनले बताए । झाको भनाई अनुसार भदौ २४ गते नख्खुल जेलको तोडफोडमा उनी आफै र संसदभवनमा आगो लगाउने कार्यमा तोसीमा कार्कीको सार्वजनिक भइरहेको भिडियो सत्य रहेको नै बताउँछ ।