प्यूठान । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठान अन्तर्गत झिमु्रक गाउँपालिकाको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
पालिका अध्यक्ष टिकाबहादुर जिसीको अध्यक्षता तथा सिताराम पोख्रेलको सञ्चालन र स्वागत देबेन्द्र जिसीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा राजमो केन्द्रीय सदस्य कृष्ण बहादुर खड्का, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रबक्ता तिलक जिसी, राजमो जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको आतिथ्यता रहेको थियो ।
जिल्ला अन्तर्गतका सबै पालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको छ ।
