• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गण्डकीमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै


  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
  • कास्की । गण्डकी प्रदेशमा जेनजीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक तथा निजी भौतिक संरचनाको शनिबारदेखि प्रारम्भिक अध्ययन तथा मूल्याङ्कन सुरु भएको छ ।

    Advertisement

    नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले प्रदेश सरकारसँगको सहकार्यमा यही भदौ २३ र २४ गते प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुगेका संरचनाको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन ‘र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट’ (आरभीडीए) अभियान सुरु गरेको हो । यस अभियानअन्तर्गत गण्डकी प्रदेशमातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनको स्थलगत निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरिने एसोसिएसनका सभापति सन्तोष जिसीले बताउनुभयो । उहाँका अनुसार इञ्जिनियरहरूको छवटा छुट्टाछुट्टै समूह गठन गरेर क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन थालिएको गरिएको छ ।

    प्रत्येक टोलीमा एक टोली नेता र पाँच जनासम्म सदस्य रहेका छन् । प्रत्येक टोलीको कार्यक्षेत्र, निरीक्षण क्षेत्र र जिम्मेवारीसमेत तोकिएको एसोसिएसनले जनाएको छ । यस अभियानबाट क्षतिको वास्तविक विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

    सभापति जिसीले भन्नुभयो, “प्रभावित संरचनाको वर्तमान अवस्थामा सुरक्षित छ वा छैनन् भन्ने निर्धारणका लागि तत्काल प्राविधिक परीक्षण आवश्यक छ । हामीले सुरु गरेको यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी दिनमा पुनःनिर्माणको योजनाका लागि प्राविधिक आधार तयार गर्नेछ ।”

    त्यसैगरी, अभियानबाट सङ्कलन भएको तथ्याङ्क तथा जानकारी आगामी चरणमा आवश्यक पुनःनिर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदेशमा सबैभन्दा बढी क्षति पोखरामा भएको छ । मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय, जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालतलगायत पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड भएको छ । प्रदर्शनका क्रममा आगजनीमा परेर पोखरामा तीन जनाले ज्यान गुमाएका थिए ।

    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.