• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

जेनजी आन्दोलनमा साम्राज्यवादका दलालहरूको घुषपेठ भयो : खत्री


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • शिव पन्थी##

    Advertisement

    खलंगा (प्यूठान) । राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिका अध्यक्ष गिर बहादुर गुरुङको अध्यक्षता र द्रोण रावलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई मोहन गोराथोकीले मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । खत्रीले आफ्‌नो मन्तव्यमा नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थामाथि प्रकाश पार्नुभएको थियो ।

    ‘जेनजीहरूले सुरुमा शान्तिपूर्ण आन्दोलन गरेका थिए । तर, आन्दोलनलाई असफल बनाउन साम्राज्यवादका दलालहरूले घुसपेठ गराएर हिंसात्मक मोडमा धकेले’ खत्रीले भन्नु भयो– ‘सरकारी सम्पत्तिमा भएको आगजनी त्यो आन्दोलनको वास्तविक स्वरूप होइन, बरु घुसपेठको परिणाम हो ।’

    खत्रीले आज देश गम्भीर र संकटपूर्ण अवस्थामा पुगेको बताउनु भयो । प्राकृतिक स्रोत–साधनले सम्पन्न नेपाललाई आत्मनिर्भर बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि, गलत नीति–कार्यक्रम र शासकहरूको अहमतावादी चिन्तनका कारण भिक माग्ने देशमा बदलिएको खत्रीको भनाई थियो ।

    ‘राष्ट्रिय जनमोर्चाको नीति, विचार र मार्गदर्शन बुझ्न अन्य राजनीतिक दललाई दशकौँ लाग्छ ।’ नेता खत्रीले भन्नु भयो– ‘तर, हामीले ल्याएका नीतिहरू नै राष्ट्र र जनताको मुक्ति र समृद्धिको आधार हो ।’

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसीले राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर खतराहरू मडारिइरहेको उल्लेख गर्नुभयो । ‘राष्ट्र र राष्ट्रियताको सवालमा हाम्रो अडान दृढ छ । आज नेपालको राष्ट्रियता गुम्ने खतरा देखिएको छ’ प्रवक्ता जिसीले भन्नुभयो– ‘यसको वास्तविक महत्व बुझ्न भारत र प्यालेस्टाइनका जनतासँग सोध्न सकिन्छ ।’

    भारतसित भएका असमान सन्धि–सम्झौताहरू नेपालको हित विपरीत भएकाले यी सन्धिहरूलाई खारेज नगरेसम्म नेपाल स्वाधीन राष्ट्रको रूपमा मजबुत हुन नसक्ने जिसीको थप मनाई थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समितिका उपाध्यक्ष ईमान सिंह खड्का, स्वर्गद्वारी नगरपालिका उपप्रमुख मिनराज राना मगर, युबक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य इन्द्र बहादुर खड्का, महिला संघ नगर अध्यक्ष तथा राजमो जिल्ला सदस्य लक्ष्मी पन्थी, किसान संघ (अफ्‌फा) जिल्ला उपाध्यक्ष यम प्रसाद गोराथोकी, अखिल (छैठौं) जिल्ला अध्यक्ष बसन्तराज गोराथोकी, शिक्षक संघ जिल्ला सदस्य भूपाल थापा, चित्रमान पुन लगायत विभिन्न संगठनका प्रतिनिधिहरूले आफ्‌ना मन्तव्यका क्रममा राष्ट्रको सार्वभौमिकता, जनताको आत्मनिर्भरता र समाजवादको मार्गलाई अङ्गाल्नुपर्नेमा जोडदिनुभयो ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.